शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पीय जोखिम न्यूनिकरण कार्ययोजना बनाउन सुरु

बुधबार, ०२ फागुन २०७४, १४ : ५७
बुधबार, ०२ फागुन २०७४

काठमाडौं– सरकारले काठमाडौं उपत्यका भूकम्प विपद् जोखिम न्यूनिकरण कार्ययोजना बनाउन सुरु गरेको छ । सहरी विकास मन्त्रालयका सहसचिव द्धारिका श्रेष्ठले काठमाडौं उपत्यका भूकम्प विपद् जोखिम न्यूनिकरण कार्ययोजना बनाउन सुरु गरिएको जानकारी दिए । 
बुधबार काठमाडौंमा काठमाडौं उपत्यका भुकम्प विपद् जोखिम मूल्यांकन परियोजनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सहसचिव श्रष्ठले भूकम्पीय जोखिम न्यूनिकरणका लागि स्थानीय, प्रदेश र केन्द्रिय सबै तहमा लागू हुने गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिए ।
सरकारले २०७२ साल फागुन १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर विनाशकारी भूकम्प गएपछि त्यसको न्यूनिकरण गर्नका लागि काठमाडौं उपत्यका भूकम्प विपद् जोखिम मूल्यांकन परियोजना संचालनमा ल्याएको थियो । जापानी नियोग जाईकाको आर्थिक सहयोगमा संचालित सो परियोजनाले काठमाडौं उपत्यकामा अझै भूकम्पीय जोखिम रहेको निष्कर्ष निकाल्दै न्यूनिकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको थियो । सोही परियोजनाको सुझावको आधारमा सरकारले भूकम्पीय जोखिम न्यूनिकरणका लागि आवश्यक ऐनको निर्माण गरिसकेको पनि सहसचिव श्रेष्ठले जानकारी दिए । 
सरकारले काठमाडौं उपत्यकाको भूकम्पीय जोखिम न्यूनिकरणका लागि भवन निर्माण आचारसंहिताको पूर्ण पालना गर्न पनि सम्बन्धित सबैलाई सचेत गराउँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप