मुस्ताङमा आजबाट नयाँ शैक्षिक शत्र शुरु
ठिनी–मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ । मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालय भने घुम्ती शत्र र नयाँ शैक्षिक शत्र पनि चलाउने गरेको छ ।
तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालिका रहेका नौ विद्यालय र थासाङ गाउँपालिकामा रहेका १३ वटा विद्यालय आजबाट शुरु हुँदैछ भने वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा घुम्ती शत्र भइरहेको छ भने १३ विद्यालयमा भने आजबाट पढाइ शुरु हुँदैछ ।
त्यसैगरी लो घ्याकर गाउँपालिकामा रहेका छवटा विद्यालय घुम्तीमै छ भने तीन वटा विद्यालयमा भने आजबाट पढाइ सञ्चालनमा आउने छ । त्यस्तै लोमान्थाङ गाउँपालिकाअन्तर्गत रहेका सम्पूर्ण १० वटै विद्यालय घुम्ती शत्रमा पढाइ भइरहेको छ ।
हिमपात तथा चिसोले गर्दा पढाइ सञ्चालनमा केही असर पर्न सक्ने घरपझोङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत मतिलाल चपाइले जानकारी दिए । जाडो छल्न पोखरा, काठमाडौँ, चितवन बुटवल, भारत आदि गएका मुस्ताङवासी पनि माघको अन्तिम र फागुन लागेदेखि नै मुस्ताङ फर्कने क्रम जारी भएको देखिन्छ र यसले गर्दा सुनसान भएको मुस्ताङमा स्थानीयको केही चहलपहल बढेको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह