शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्षा र असिना रोक्न हनुमान चालिसा पढ्न भारतीय कृषि मन्त्रीको सुझाव

बुधबार, ०२ फागुन २०७४, १३ : २७
बुधबार, ०२ फागुन २०७४

मध्य प्रदेश–मध्य प्रदेशमा भारतीय जनता पार्टीका पूर्व विधायक रमेश सक्सेनाले किसानहरुलाइ प्राकृतिक विपदबाट कृषि उत्पादनलाई बचाउन हनुमान चालिसा जप गर्न सल्लाह दिएका छन् । 
प्रदेश मन्त्रीमण्डलमा हालै सामेल भएका कृषी राज्य मन्त्री बालकृष्ण पाटीदारले पनि पूर्व विधायकको यो अपिललाई समर्थन जनाएका छन् ।
प्रदेशमा पछिल्लो आइतबार २४ घण्टाभित्र भएको भारि वर्षा र असिनाको कारण कृषि उत्पादनमा नोक्सानी पुगेको खबरपछि भाजपा नेता र सीहोरबाट पूर्व विधायक रहेका रमेश सक्सेनाले पछिल्लो सोमबार एक भिडियोमार्फत किसानहरुलाई सुझाव दिएका छन् । जसमा प्राकृतिक विपतबाट आफ्नो उत्पादन बचााउन प्रतिदिन हनुमान चालीसाको पाठ गर्न भनिएको छ ।
सक्सेनाको सो भिडियो भारतीय समाजिक सञ्जाल प्रयोगकर्ता माझ भाइरल भएको थियो । उनले सो भिडियोमा किसानहरुलाई अपिल गर्दै भनेका छन् ‘मौसम विज्ञानका कर्मचारीहरु भनिरहेका छन् कि आउने ४–५ दिनमा असिनाका साथ भारि वर्षाको प्राकृतिक विपद आउनसक्छ । यसको एउटै समाधान भनेको सामूहिक रुपमा आ–आफ्नो गाऊँमा हनुमान चालीसाको पाठ गरिनु हो ।’ 
अर्को तर्फ पूर्व विधायकको यो अपीललाई कृषि राज्य मन्त्री पाटीदारले समर्थन व्यक्त गरेका छन् ।
पूर्व विधायकको यो अपीलबारे प्रदेश राज्य मन्त्रीले मिडियासँग प्रतिक्रृया व्यक्त गर्दै भने “यसमा केही गलत कुरा छैन । हनुमान चालीसा को पाठबाट किसानहरुलाई सान्त्वना मिल्छ र त्यसले आत्मबल बढ्छ ।”
आइतबार मध्य–प्रदेशका अलग अलग ठाँउमा भएको वर्षा र असिनाका कारण निक्कै ठूलो क्षति पुगेको छ । दैनिक भास्करको रिपोर्ट अनुसार वर्षा र असिनाका कारण मध्य प्रदेशको भोपाल, सीहोर, विदिशा, नरसिंहपुर, रायसेन, हरदा, होशंगाबाद, गुना र देवास जिल्लामा कृषि उत्पादनमा भारि नोक्सान पुगेको छ ।
रिपोर्ट अनुसार वर्षाका कारण यो प्रदेशको ठूलो भूभागमा रोपिएका गहूका बोटहरु लडेका छन् र चनाको उत्पादनमा अत्यधिक असर परेको छ । विशेषज्ञहरुको अनुसार यो मौसममा हुने वर्षाले पछि आपको उत्पादनमा पनि असर पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप