शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१४ बैशाखमा गौरव र अनु को  ‘पसिना’

बुधबार, ०२ फागुन २०७४, १२ : ५२
बुधबार, ०२ फागुन २०७४

काठमाडौं –शान्ता ढाकालले निर्माण गरेको चलचित्र ‘पसिना’ प्रदर्शनकमा आउने भएको छ ।  मंगलबार निर्माण युनिटले एक कार्यक्रम गर्दे चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् । 
नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर नयाँ बर्षको १४ बैशाखमा रिलिजमा आउने छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् ।  
आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।
गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरीलगायतका कलाकारको चलचित्रमा अभिनय देख्न सकिन्छ । 
राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको सङ्गीत रहेको चलचित्रमा नविन निरौलाको सम्पादन, शिव बिकको नृत्य, देव महर्जनको द्वन्द्व र रामकेसीको छायाँकन रहेको छ । 
कार्यक्रममा चलचित्रको ‘हावा चल्यो सिरिरिमा’बोलको गीत पनि सार्वजनिक गरियो । गीतमा नारद रिजालको शब्द, राजनराज सिवाकोटीको संगीत र स्वर रहेको छ भने गौरव र अनुले अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप