१४ बैशाखमा गौरव र अनु को ‘पसिना’
काठमाडौं –शान्ता ढाकालले निर्माण गरेको चलचित्र ‘पसिना’ प्रदर्शनकमा आउने भएको छ । मंगलबार निर्माण युनिटले एक कार्यक्रम गर्दे चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् ।
नन स्टप क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्र ‘पसिना’ मजदुर दिवसको छेको पारेर नयाँ बर्षको १४ बैशाखमा रिलिजमा आउने छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगन रहेको चलचित्रमा श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रकी निमात्री शान्ता ढाकालले बताइन् ।
आर.बी.खत्री ‘शरद’ निर्देशित चलचित्रले विशेषत महिला श्रमिकहरुको पिडालाई उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकालसँगै इन्जिनियर संजय महतोको लगानी रहेको छ ।
गौरब पहाडी, अनु शाह, सरोज खनाल, रबि गिरी, ध्रुब कोइराला, जयनन्द लामा, सरोज अर्याल, सरिता राजउपाध्य, सृजना अधिकारी, शिव शंकर रिजाल, सुरजनी के.सी., शारदा गिरीलगायतका कलाकारको चलचित्रमा अभिनय देख्न सकिन्छ ।
राजनराज शिवाकोटी, थिराज राई र दीपक शर्माको सङ्गीत रहेको चलचित्रमा नविन निरौलाको सम्पादन, शिव बिकको नृत्य, देव महर्जनको द्वन्द्व र रामकेसीको छायाँकन रहेको छ ।
कार्यक्रममा चलचित्रको ‘हावा चल्यो सिरिरिमा’बोलको गीत पनि सार्वजनिक गरियो । गीतमा नारद रिजालको शब्द, राजनराज सिवाकोटीको संगीत र स्वर रहेको छ भने गौरव र अनुले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी अमिरलाई स्वागत गर्न काठमाडौँ तयार, तस्बिरहरू
-
लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत
-
जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि विपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो
-
कतारी राजा शेखको डिनर सोल्टीमा, लन्च द्वारिकामा
-
त्रिविमा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखनसम्बन्धी तालिम
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो