मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शित ओलम्पिकमा उत्तर कोरियालाई ‘कूटनीतिक स्वर्ण’

बुधबार, ०२ फागुन २०७४, १२ : ५०
बुधबार, ०२ फागुन २०७४

उत्तर कोरियाले शित ओलिम्पिकको सबैभन्दा महत्वपूर्ण मेडल मध्य एक कुटनितिक गोल्ड मेडल जितेको देखिन्छ । यो निष्कर्ष दक्षिण कोरियाली सरकारका पूर्व मन्त्री र राजनैतिक विज्ञको हो । तिनले उत्तर कोरियाले यो खेललाई दक्षिण कोरियाका मित्र जापान र अमेरिकामाझ नै फाटो ल्याउन प्रयोग गरिरहेको जनाएको छ । सायद यो फाटोको प्रयोग गरेर उनीहरु आफू माथि लागेको नाकाबन्दीको हटाउन चाहन्छन् ।

एक महिना अघि उत्तर कोरियाली राष्ट्रपतिले सो खेलमा भाग लिने भनेर सँसारलाई अचम्मित बनाएका थिए । त्यस यता दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–ईनले सैनिक अभ्यासलाई ढिलाई गरे , किमकी बहिनी पियोङ्गचाङ्ग ओलम्पिकमा भाग लिन गइन र किमले सशर्त द्विपक्षिय सम्मेलनलाई उत्तरमा हुने अनुमती दिए ।

“उत्तर कोरियाले प्रष्ट रुपमा स्वर्ण जितेको देखिएको छ ।” २०१२–१३ मा कोरियाको विदेश मन्त्री रहेका र हाल कोरिया विश्वविद्यालयमा पढाउने किम सङ्ग–हानले भने । 

“यसका प्रतिनिधी र खेलाडीहरुले सबै ध्यान खिचिरहेका छन् । किमको बैहिनीको मुस्कानले कोरिया र विश्वलाई मोहित बनाइरहेको छ । केही क्षणको लागि सहि यो समान्य राज्य प्रतित भइरहेकोछ ।”

शुक्रबार उदघाटन कार्यक्रममा उत्तर कोरियालीहरुसँगै उपस्थीत अमेरिकी राष्ट्रपति माइक पेन्सले अमेरिका, दक्षिण कोरिया र जापान माझ उत्तर कोरियालाई एक्लाउने बिषयमा कुनै मतभेद नरहेको जनाए । उनले उत्तर कोरियाले खेललाई आफ्नो प्रोपोगान्डाका लागि प्रयोग गरिरहेको बताए ।

तर उद्घाटनको क्रममा सबैभन्दा एक्लो भने पेन्स आफै देखिएका थिए । सयुक्त कोरियाली टिमको प्रवेश हुदाँ सबै उठेर तालि बजाइरहदा पेन्स एक्लै बसेका देखिन्थे । 

जापानको लागि दुस्वप्न 
उत्तर–दक्षिण कोरियालीबीच न्यानो शारिरिक हाउभाउले सियोल र वासिन्टनबिच फाटोको हल्ला मात्र फैल्याएन । यसले दक्षिण कोरिया र जापानबीचको भेट चिसो बनायो । जापान अमेरिका नेतृत्वमा उत्तर कोरियामाथि उसको आणविक कार्यक्रम अन्त्य गर्न दवाव दिने मित्र समूहको सदस्य हो ।

जापानका प्रधानमन्त्री सिन्जो आवे उद्घाटन कार्यक्रमा असहस देखिन्थे । उनले पछि आयोजकका राष्ट्रपतिसँगको भेटमा दक्षिण कोरियाले अमेरिकासँगको सैनिक अभ्यास खेल सकिएलगतै गनुपर्ने उल्लेख गरे ।

उत्तर कोरियालाई सो खेलमा सहभागी गराउने सुनिश्चित गर्न दक्षिण कोरियाले वार्षिक रुपमा फेब्रुअरी र मार्चको बीचमा हुने अभ्यास ढिलाई गरेको थियो । कोरियाली राष्ट्रपतिले भने यो आन्तरिक मामिला भएको भन्दै जापानले त्यसरी कुरा उठाएकोमा असन्तुष्टि व्यक्त गरे ।

“यो विकासक्रम अनुमान गर्न सकिन्थ्यो तर जापानको लागि यो दुस्वप्न हो ।” ताकुशुकु विश्वविद्यालयका प्रद्यापक ताकाशी कावाकामीले भने ,“उत्तर कोरियाले कुशलतापुर्वक जापान, दक्षिण अमेरिका र जापानबीचमा फाटो ल्याएको छ ।”

जापानका उच्च सैन्य अधिकारीले भने उत्तर कोरियाको यो खेल रणनीति उको आणविक र व्यालेष्टिक मिसाइल विकास गरिभ्याउन समय लिने उसको चाल हुनसक्छ । 

नाकाबन्दीको प्रभाब
उत्तर कोरिया सँयुक्त राष्ट्रको कडा नाकाबन्दीमा रहेको छ । उसको लगातारको आणविक हतियार परिक्षण र मिसाइल परिक्षणपछि यी नाकाबन्दीहरु झनपछि झन कडा बनाउदै लगियो । यो नाकाबन्दी उसले आणविक हतियार बनाउन चाहिने सामाग्री हात पार्नबाट रोक्न लगाइएको हो तर नाकाबन्दीले त्यो राष्ट्रमा दैनिक जीवनमै असर पर्न थालेको खबर आउन थालेको छ । 

पछिल्लो समय उत्तर कोरियाका सडकहरुमा सोभियत कालिन दाउराले चल्ने ट्रकहरु पुन देखिन थालेको त्यहाँ काम गर्ने अन्तराष्ट्रिय नियोगका एक व्यक्तिले गोप्यताको सर्तमा रोयर्टसलाई बताए । उत्तर कोरियाली खेलाडी बोकेर आएको ‘फेरि’ फर्कनका लागि सियोलको एीककरण मन्त्रालयाबाट इन्धन मागेबाट पनि यसैको संकेत मिल्छ । 

किम जोङ्ग उनले शित ओलम्पिकमा खेलाडी र बैहिनी पठाउने निर्णयलाई पनि यही नाकाबन्दीको असर कम गराउने प्रयासको रुपमा हेरिएको छ । खेल अवधीमा दुवै कोरियाले नाकाबन्दीको उल्लेख गरेका छैनन् । बरु खेलमा सबै सद्भावमा मग्न देखिन्थे र सद्भावको भावना शनिवार राति संयुक्त कोरियाली आइस हक्की टिम मैदानमा खेलिरहदा सबैभन्दा उच्च देखिन्थ्यो ।

यो अवस्थाबाट प्रवावित भएर अन्तराष्ट्रिय ओलम्पिक कमिटीका एक अमेरिकी प्रतिनिधीले त सयुक्त कोरियाली महिला आइस हक्की टिम , जसमा १२ जना उत्तर कोरियाका खेलाडी छन् , लाई नोवेल शान्ति पुरस्कारमा मनोनयन गर्न माग गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप