बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकको आकर्षक नगद फिर्ता योजना

बुधबार, ०२ फागुन २०७४, १२ : २७
बुधबार, ०२ फागुन २०७४


काठमाडौं– हिमालयन बैंक लिले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् ।
योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने हुन्छ । 
योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल मेशिनबाट सामान खरिद गर्दा ५% र अनलाइन बाट सामान खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप