लुम्बिनीमा शान्ति म्याराथुन हुने
रुपन्देही–महामानब गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाहरूको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागु पूर्णिमाको दिन चौथो लुम्बिनी शान्ति म्याराथन हुने भएको छ ।
आयोजक संस्था लुम्बिनी पिस म्याराथन एडभेन्चर स्पोर्ट्स नेपालले म्यारथन बारे यस्तो जानकारी गराएको हो ।
लुम्बिनी क्षेत्रलाई विश्वभरका बौद्ध धर्मालम्बीको मुख्य तीर्थस्थलका रूपमा विकास र प्रबद्र्धन गर्न यो म्याराथुनले महत्वपुर्ण भुमिका खेल्ने आयोजकको दावी छ ।
मायादेवीले महामानब गौतमबुद्धलाई लुम्बिनीमा जन्म दिएपछि बोकेर आफ्नो दरबार तिलौराकोट फर्केको बाटोलाई माता मायादेवी सुत्केरी बाटोको रुमपा विकास गरी विश्व पर्यटन बजारमा प्रबद्र्धन गर्ने योजना रहेकोे लुम्बिनी पिस म्याराथुनका संरक्षक विक्रम पाँडेले बताए ।
म्याराथुनका रेस डाइरेक्टर ओलम्पिक धावक बैकुण्ठ मानन्धरले लुम्बिनी शान्ति म्याराथन लुम्बिनी क्षेत्रमा थप पर्यटक ल्याउन सहयोगी हुने बताए ।
उनले नेपाल, भारत, अस्ट्रेलिया, चीनलगायतका देशहरूबाट गरी लगभग २ सय ५० धाबकले लुम्बिनी शान्ति म्याराथनमा भाग लिने अपेक्षा लिएको जानाकारी दिए । ४२ किलोमिटरको फुल म्याराथुन, २१ किलोमीटरको हाफ म्याराथन र ५ किलोमिटरको दौड गरी तीन विधामा म्यारथुन गराइने म्याराथुनका रेस डाइरेक्टर ओलम्पिक धावक मानन्धरले बताए । फुल म्याराथनमा प्रथम हुनेले १ लाखको लुम्बिनी अशोक पुरस्कार, द्वितीय हुनेले ७५ हजारको कपिलवस्तु हुएन सान पुरस्कार र तृतीयले ५० हजारको मायादेवी गार्डेन उथान्त पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै हाफ म्याराथनमा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार प्राप्त गर्ने छन् ।