शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो पटक सदरमुकाम बाहिर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बुधबार, ०२ फागुन २०७४, ११ : ०७
बुधबार, ०२ फागुन २०७४

म्याग्दी–म्याग्दीमा पहिलो पटक सदरमुकामबाहिर अन्तर विद्यालयस्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । 
जिल्ला खेलकुद विकास समिति म्याग्दीले यही फागुन १६ देखि १९ गतेसम्म मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । 
बाबियाचौर स्थित मंगला माविमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले राज्य पुनसंरचनाको कार्यान्वयन, ग्रामिण क्षेत्रका विद्यालयहरुको अपेक्षा अनुसार स्थानीय तहहरुसंग समन्वय गरेर पहिलो पटक सदरमुकाम बाहिर राष्ट्रपति रनि«ङ शिल्ड आयोजना गरिएको जानकारी दिए । 

फागुन १६ गते दरवाङमा उद्घाटन हुने प्रतियोगिताको १९ गतेसम् चल्ने प्रतियोगितामा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने प्रतियोगिता अन्तरगत कवड्डी, भलिबल, एथ्लेटिक्स, कँराते, उसु र तेक्वान्दो बिधामा प्रतिस्पर्धा हुने जनाएको छ । 

प्रतियोगितामा प्रथम, दितृय, तितृय हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश ९५ हजार, ५५ हजार र ३५ हजार तथा सबै खेल बिधामा उत्कृष्ट खेलाडीलाई एक हजार पाँच सयका दरले पुरस्कृत गरिने अध्यक्ष विश्वकर्माले बताए।  प्रतियोगिताको निश्चित बिधामा भाग लिने विद्यालयलाई दश हजारका दरले सुबिधा उपलब्ध गराइने समितिले जनाएको छ । 

प्रतियोगिता सञ्चालनका लागि १६ लाख ९५ हजार रुपैया बराबरको बजेट आवश्यक पर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । जिल्लाका छ वटै स्थानीय तह, कार्यक्रम सञ्चालन हुने ठाउँका विद्यालय, युवा कल्व, आमा समूह र खेलकुदका विषयगत संघसंग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गरिने समितिले जनाएको छ । 

प्रतियोगिताको तयारीका लागि अध्यक्ष विश्वकर्माको संयोजकत्वमा ११ वटा उपसमिति गठन भएको छ । पत्रकार सम्मेलनमा मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका र मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोकाले ग्रामिण क्षेत्रमा पहिलो पटक जिल्ला स्तरीय खेलकुद प्रतियोगिताले गाउँठाउँमा लुकेर रहेका खेल प्रतिभाले अवसर पाउने बताउदै  सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए । 

     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप