केन्द्रीय संस्करण

१५ वर्ष दिल्लीमा शासन गर्ने शिला : जसको प्रेमकथा बसमा शुरु भयो

person access_timeफागुन २, २०७४ chat_bubble_outline0

बीबीसी
 

कुरा त्यो समयको हो जब देवानन्द भारतीय युवाहरूको मन मस्तिष्कमा राज गरिरहेका थिए । पहिलो फिजी ड्रिङ्क गोल्ड स्पाट भारतीय बजारमा आइसकेको थियो । टेलिभिजनको सुरुवात भएको थिएन । 

रेडियोमा केही घण्टाका लागि कार्यक्रम आउँथ्यो । एक दिन १५ वर्षकी केटी शिला कपुरले प्रधानमन्त्री जवाहरलाल नेहरूलाई भेट्न उनको तीनमूर्ति निवासमा जाने निश्चय गरिन् । उनी डुप्ले लेनको आफ्नो घरबाट निस्किन् र पैदलै हिँडेर तीनमूर्ति भवन पुगिन् ।

गेटमा उभिएका गार्डले उनलाई सोधे, ‘तपाईं कसलाई भेट्न भित्र जाँदै हुनुहुन्छ ?’ शीलाले जवाफ दिइन्, पण्डितजीलाई । उनलाई भित्र जान दिइयो । त्यही समय जवाहरलाल नेहरू आफ्नो सेतो एबेसडर कारमा बसेर आफ्नो निवासबाट बाहिर निस्कँदै थिए । शिलाले उनलाई वेव भनिन् । उनले पनि हात हल्लाएर उनको उत्तर दिए । 

आजको युगमा प्रधानमन्त्री त टाढाको कुरा, सामान्य विधायकको घरमा पनि यसरी भित्र जान कोही हिम्मत गर्न सक्छन् ? शिला कपुरले पनि कहिल्यै सोचिनन्, जुन व्यक्तिले यति सम्मानका साथ उनको अभिवादनको जवाफ दिएका थिए, ३२ वर्षपछि उनी उनका नातिको मन्त्रीमण्डलको महत्वपूर्ण सदस्य हुने छिन् । 

झगडा मिलाउँदा जीवनसाथी मिले

दिल्ली विश्वविद्यालयमा प्राचीन इतिहास पढ्ने समय शिलाको भेटघाट विनोद दीक्षितसँग भएको थियो । त्यो समयमा काँग्रेसका ठूला नेता उमाशङ्करका विनोद एक्ला छोरा हुन् । 

शिला सम्झन्छिन्, ‘हामी इतिहासमा एमए पढ्दा सँगै थियौँ । मलाई उनी धेरै राम्रो लागेनन् । मलाई लागेको थियो, उनी आफूलाई के सम्झन्छन् । उनको स्वभावमा अलिकति घमण्ड थियो ।’

 

उनले भनिन्, ‘एक पटक हाम्रा साथीहरूबीच मिसअन्डरस्ट्यान्ड भएको थियो र त्यसलाई मिलाउनका लागि हामी एक अर्कोसँग नजिक अवश्य भएका थियाँै ।’

बसमा राखेका थिए प्रस्ताव
विनोद शिलासँग प्रायः बसमा बसेर फिरोजशाह रोडमा जान्थे, किनकि उनीसँग बढीभन्दा बढी समय बिताउन सकून् । 

शिला भन्छिन्, ‘हामी दुवै डीटीसीको १० नम्बरको बसमा बसेका थियौँ । अचानक चाँदनी चोकको अगाडि विनोदले मलाई भने, म आमालाई भन्ने छु कि मैले त्यो केटी पाइसकेँ जोसँग म विवाह गर्छु । मैले उनलाई सोधँे, के तपार्इंले केटीसँग यो बारेमा कुरा गरेका छौँ ? विनोदले उत्तर दिएँ, छैन, तर त्यो केटी मेरो छेउमा बसेकी छ ।’

शिला भन्छिन्– ‘म यो सुनेर आश्चर्य भएँ । त्यो समयमा त केही बोलिनँ, तर घर आएर खुशीले नाचेँ । मैले त्यो समयमा यसबारेमा मेरा आमाबुबालाई केही पनि भनिनँ । किनकि उनीहरू केटाले के गर्छ भनेर अवश्य प्रश्न गर्थे । म उनीहरूलाई त्यति बेला विनोद अहिले पढ्दै छन् भन्थेँ ।’

भिजे जस्ती एउटी केटी
दुई वर्षपछि दुवैको विवाह भयो । सुरुमा विनोदको परिवारमा यसको धेरै विरोध भयो । किनभने शिला ब्राह्मण थिइनन् । विनोदले आईएएसको परीक्षा दिए र पूरा भारतमा नवाँै स्थानमा पास भए । उनलाई उत्तर प्रदेशमा नियुक्ति मिल्यो ।

एक दिन लखनउबाट अलिगढ आउँदै गर्दा विनोदको रेल छुट्यो । उनले शिलासँग के अुनरोध गरे भने कार चलाएर कानपुरसम्म छोडिदिउन ताकि  त्यहाँबाट उनले रेल समात्न सकुन् । 

आत्मकथा जसले भारतमा हङ्गामा मच्चाएको छ 
शिला भन्छिन्, मैले ठूलो वर्षामा पनि राति विनोदलाई आफ्नो कारमा बसालेर ८० किमि टाढा कानपुर लिएर गएँ । उनी अलिगढ जाने रेलमा बसे । म स्टेसन बाहिर आएँ, मलाई कानपुरको सडकको बाटो थाह भएन । 

 

त्यो समयमा रातको डेढ बजेको थियो । शिलाले केही मानिसलाई लखनउ जाने बाटो सोधिन् तर केही पनि थाह पाइनन् । सडकमा उभिएका केही मानिसले उनलाई देखेर किशोर कुमारको प्रख्यात गीत गाउन थाले ‘एक लडकी भीगी भीगी सी ।’

त्यही समयमा प्रहरी हवल्दार आइपुगे । उसले उनलाई थाना लगेर गयो । त्यहाँबाट शिलाले एसपीलाई फोन गरिन्, जसलाई उनले चिन्थिन् । उनले तुरुन्त दुईजना प्रहरीलाई शिलासँगै जान भने । शिलाले ती प्रहरीलाई कारमा बसाएर आफूले कार चलाएर बिहान ५ बजे फिर्ता लखनउ पुगिन । 

इन्दिरालाई जेलेबी र आइसक्रिम खुवाइन्
शिला दीक्षितले आफ्ना ससुरा उमाशङ्कर दीक्षितबाट राजनीति सिकिन्, जुन इन्दिरा गान्धीको मन्त्रीमण्डलमा गृहमन्त्री थिए । पछि कर्नाटक र पश्चिम बङ्गालका राज्यपाल भए ।

एक दिन उमाशङ्कर दीक्षितले इन्दिरा गान्धीलाई खाना खान बोलाए र शिलाले उनलाई खाना खाएपछि तात्तातो जेरीका साथै भेनिला आइसक्रिम दिइन् । 

शिला भन्छिन्– ‘इन्दिराजीलाई यो प्रयोग मन पर्यो । दोस्रो दिन आफ्नो भान्सेलाई यसको विधि जान्नका लागि हाम्रो घर पठाइन् । त्यसपछि कैयौँ पटक हामीले खाना खाएपछि मीठोमा यही दियौँ । तर इन्दिरा गान्धीको मृत्युपछि मैले त्यो दिन बन्द गरे ।’

जब ससुराले बाथरुममा बन्द गरे 
इन्दिरा गान्धीको हत्यापछि कलकत्ताबाट जुन विमानमा राजीव गान्धी दिल्ली आएका थिए, त्यसमा पूर्वराष्ट्रपति प्रणव मुखर्जीका साथै शिला दीक्षित पनि थिइन् । शिला भन्छिन्– ‘इन्दिराजीको हत्याको पहिलो खबर

मेरा ससुरा उमाशङ्करले पाएका थिए । त्यो समयमा पश्चिम बङ्गालका राज्यपाल थिए । विंसेन्ट जर्जको एक फोनले यो कुरा थाह भयो, उनले मलाई बाथरुममा बन्द गरेर यो कुरा कसैलाई पनि नभन्नु भने ।’

 

शिला दिल्ली जाने जहाजमा बसेको राजीव गान्धीलाई थाह थिएन । २ बजेर ३० मिनेटमा उनले ककपिटबाट बाहिर आएर इन्दिराजी रहिनन् भनिन् । 

शिला दीक्षित अगाडि भन्छि– ‘हामी सबै विमानको पछाडि गयौँ । राजीवले सोधे कि यस्तो परिस्थितिमा के गर्ने प्रावधान छ ? प्रणव मुखर्जीले जवाफ दिए, पहिले पनि यस्तो अवस्था आएको छ । त्यो समयमा बरिष्ठ मन्त्रीलाई अन्तरिम प्रधानमन्त्री बनाएरपछि प्रधानमन्त्रीको विधिवत चुनाव भएको छ ।’

प्रधानमन्त्री बन्न चाहन्थे प्रणव मुखर्जी
मैले शिला दीक्षितसँग सोधे, के प्रणव मुखर्जीले दिएको सल्लाह उनको विरुद्ध नै भयो ? 

उनले जवाफ दिइन् ‘प्रणव नै त्यो समयमा सबैभन्दा बरिष्ठ मन्त्री थिए । हुन सक्छ उनको यो सल्लाहको अर्थ लगाइयो कि उनी स्वयम् प्रधानमन्त्री बन्न चाहन्थे । राजीवले चुनाव जितेर आएका मुखर्जीलाई आफ्नो मन्त्रीमण्डलमा समावेश गरेनन् र पछि उनलाई पार्टीबाट नै निकालियो ।’

मुख्यमन्त्री बनेर के गरिन् ?
राजीव गान्धी प्रधानमन्त्री बने त उनले शिला दीक्षितलाई आफ्नो मन्त्रीमण्डलमा मन्त्री बनाए संसदीय कार्य मन्त्रीको रूपमा र पछि प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीका रूपमा । १९९८ मा सोनिया गान्धीले उनलाई दिल्ली प्रदेशको काँग्रेसकी अध्यक्ष बनाइन् ।

उनी केवल चुनाव मात्र जितिनन् निरन्तर तीन पटक दिल्लीको मुख्यमन्त्री पनि भइन् । १५ वर्षको कार्यकालमा सबैभन्दा ठूलो उपलब्धि के हो भनेर उनलाई यो सोध्दा शिला दीक्षित भन्छिन् ‘पहिलो मेट्रो, दोस्रो सीएनजी र तेस्रो दिल्ली हरियाली, स्कुलहरू र अस्पतालका लागि काम गरँे । 

उनले भनिन्– ‘यी सबैले दिल्लीका मानिसको निजी जीवनमा धेरै असर पारेको छ । मैले पहिलो पटक केटीहरू पढ्ने स्कुलमा उनले सेनेटरी न्याप्किन वितरण गराएँ । मैले दिल्लीमा कैयौँ विश्वविद्यालय बनाए र ट्रिपिल आईआईटी पनि खोलिन् ।’

जब फ्ल्याटमा जाँच भयो 
अचम्म लाग्ने कुरा, तीन पटक चुनाव जिते पनि काँग्रेसका स्थानीय नेताहरूले उनको धेरै विरोध गरिरहे । 

परिस्थिति यहाँसम्म आयो, दिल्ली प्रदेश काँग्रेसका तत्कालीन अध्यक्ष रामबाबु गुप्तले, जोन दिल्ली नगर निगमका सभासद पनि थिए, उनको निजामुद्दीन इस्टको फ्ल्याटको जाँचको आदेश दिए । त्यो भवनको निमार्ण गर्दा कानुनको उल्लङ्घन भएको छ कि छैन ।

उनले भनिन्– ‘जुन घरमा तपाईं बस्नु भएको छ, त्यही घरमा दिल्ली नगर निगमका अधिकारीहरूले जाँच गरे भने यो घर पनि अवैध रूपमा निमार्ण त गरेको छैन ।’

उनी अगाडि भन्छिन्– ‘उनीहरूले केही नपाएपछि मेरी बहिनीको फ्ल्याटका कागजात मागे, त्यो पनि उपलब्ध गराएँ । यो त्यो समयमा भयो जब म दिल्लीकी मुख्यमन्त्री थिएँ । यसले कुन हदसम्म राजनीति अनैतिक हुन्छ भन्ने देखाउँछ ।’

उनको कार्यकालमा एक चुनौती आयो । जब राष्ट्रमण्डल खेल गाउँको छेउमा बनेको अक्षरधाम मन्दिरका स्वामीले उनीसँग खेलगाउँमा केवल साकाहारी भोजन खुवाउने व्यवस्था होस् माग गरे ।

शिला सम्झन्छिन्– ‘स्वामीनारायण मन्दिरका स्वामीलाई महिलालाई हेर्ने अनुमति थिएन । यसकारण जब उनी मलाई भेट्ने आए उनलाई अर्को कोठामा राखियो । उनले जेकेही भन्थे त्यो एक सन्देशवाहकले मलाई सुनाउँथ्यो र मैले भनेको कुरा पनि उसैले लिएर जान्थ्यो ।’

शिला भन्छिन्– ‘मैले उनको साकाहारी भोजन बनाउने कुरा यसकारण मानिन्, यसमा भारतको बदनाम हुने छ । मैले उनलाई के आश्वसन अवश्य दिएँ भने खेलगाउँमा निस्केका फोहोरलाई फरक नालाबाट बाहिर निकाल्ने छौँ ।’

शिला दीक्षित : स्ट्रिक्ट आमा
शिला दीक्षितका दुई बच्चा छन् । छोरा सन्दी दीक्षित लोकसभाका पूर्वी दिल्लीको प्रतिनिधित्व गरिसकेका छन् । 

उनकी छोरी लतिका भन्छिन्– ‘जब हामी साना थियाँै त आमा स्ट्रिक्ट थिइन् । हामीले केही गल्ती गर्यौँ भने उनी रिसाउथिन र हामीलाई बाथरुममा बन्द गर्थिन् । उनले हामीलाई कहिल्यै पिटिनन् । पढ्ने लेख्ने कुरामा यति जोड गरिनन्, जति नैतिकता सिकाइन् ।’

शिला दीक्षित पढ्नबाहेक फिल्म हेर्ने धेरै शोख थियो । लतिकाले भनिन– ‘एक समयमा उनी शाहरूख खानकी धेरै ठूूली फ्यान थिइन । उनले दिलवाले दुल्हनिया ले जाएङ्गे यति पटक हेरिन कि हामी नै हैरान भएका थियौँ ।’

योभन्दा पहिला दिलीप कुमार र राजेश खन्नाको फ्यान थिइन् । सङ्गीत पनि उनी शौखिन छन् । गीत सङ्गीत नसुनी सुतेको सायद कुनै दिन  हुँदैन थियो । 

१५ वर्षसम्म दिल्लीको मुख्यमन्त्री भएर पनि शिला दीक्षित २०१३ को विधानसभा चुनावमा हारिन् । 

केजरीवाललाई सामान्य रूपमा लिइन्
उनलाई यसको पछाडिको कारण के थियो भनेर सोधियो, शीला दीक्षितको उत्तर थियो, ‘केजरीवालजीले भने– सबै कुरा फ्रीमा दिने छु, पानी, बिजुली यसको असर धेरै भयो । मानिसहरू उनको कुरा पत्याए । दोस्रो जति गम्भीर रूपमा हामीले लिनुपथ्र्यो, त्यो त्यति गम्भीर रूपमा लिएनौँ ।’

शिला मान्छिन्– दिल्लीका मानिस पनि यिनलाई तीन पटक जितायौँ भनेर सोच्न थाले, अब यिनको ठाउँमा अर्को ल्याउनुपर्छ । निर्भय, बलत्कार काण्डको पनि हामीमा धेरै ठूलो असर पर्यो ।

उनले भनिन्, ‘धेरै कम मानिसहरूलाई थाह थियो कानुन र व्यवस्था दिल्ली सरकारको जिम्मेवारी थिएन, बरु केन्द्र सरकारको थियो । त्यो समयमा केन्द्र सरकार पनि २ जी, ४जी जस्ता कैयौँ घोटालाको शिकार भइसकेको थियो । त्यसको परिणाम हामीले भोक्नु पर्यो ।’
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X