बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अफ्रिकामा भारतलाई पहिलो एकदिवसीय शृंखला

बुधबार, ०२ फागुन २०७४, १० : ०३
बुधबार, ०२ फागुन २०७४

जोहानसवर्ग । भारत र दक्षिण अफ्रिकाबीच ६ खेलको एकदिवसीय सिरिजको पाँचौ खेल भारतले ७३ रनले जितेको छ ।

यो खेल पोर्ट एलिजाबेथको सेन्ट जर्ज पार्कमा खेलिएको थियो । 

भारतले दक्षिण अफ्रिका सामु जीतका लागि २७५ रनको लक्ष्य प्रस्तु गरेको थियो । जवाफमा दक्षिण अफ्रिकाले राम्रो शुरुवात गरेको थियो । तर, ५० रनपछि भने दक्षिण अफ्रिकाको विकेट लगातार खस्न थालेको थियो ।

अन्ततः रोहित शर्माको (१ सय १५ रन) को शतकीय इनिङ तथा कुलदीप यादव (५७÷४) को बलिङको मद्दतले भारतले अफ्रिकालाई ७३ रनले हराउँदै शृंखला ४–१ ले आफ्नो पक्षमा पार्न सफ रह्यो ।

भारतले दक्षिण अफ्रिकामा जितेको पहिलो एकदिवसीय शृंखला पनि हो ।

भारतले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७४ बनायो । रोहितले दक्षिण अफ्रिकामा पहिलो र समग्रमा १७ औँ शतक हिर्काए । 

उनलाई शिखर धवन र कप्तान विराट कोहलीले राम्रो साथ दिए । धवनले ३४ तथा कोहलीले ३६ रन बनाए ।

दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ४ विकेट लिए ।

जवाफी ब्याटिङमा दक्षिण अफ्रिकाका लागि हासिम अमलाले सर्वाधिक ७१ रन बनाए ।

त्यस्तै डेभिड मिल्लर र हेनरिच क्लासेनले ३६ र ३९ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

टोली ४२.२ मा २ सय १ रनमा समेटियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप