बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालविरुद्ध क्यानाडा : गर या मर

बुधबार, ०२ फागुन २०७४, ०९ : ४३
बुधबार, ०२ फागुन २०७४

काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडाको सामना गर्दैछ ।

आजको खेल नेपालको लागि ‘गर या मर’ को स्थितिमा रहेको छ ।

विश्वकप छनौटमा स्थान बनाउन नेपालले आजको खेल जित्नै पर्ने दबाब रहेको छ ।

हालसम्म अंक तालिकामा नेपाल तेस्रो स्थानमा रहेको छ । ४ खेलपछि ३ मा जीत र १ मा हार बेहोर्दे नेपालको ६ अंक रहेको छ । त्यस्तै, क्यानाडा र नामिबियाको पनि समान अंक रहेको छ । तर, नेपाल नेट रनरेटको आधारमा पछि रहेको छ ।

शीर्ष स्थानमा रहेको क्यानाडा र तेस्रो स्थानमा रहेको नेपालबीच खेल फाइनल सरह हुनेछ ।

नेपाल र क्यानाडाबीच भएका पछिल्ला दुई खेलमा दुवै टोलीले एक–एक जीत हासिल गरेको छ ।

खेल नेपाली समयअनुसार १ बजेर ४५ मिनेट जाँदा शुरु हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप