बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टोटनहमले पूनरागमन गर्दा सिटीको गोलको वर्षा

बुधबार, ०२ फागुन २०७४, ०९ : ३३
बुधबार, ०२ फागुन २०७४

लण्डन । शुरुवाती नौ मिनेटमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै टोटनहम हटस्पर्सले च्याम्पियन्स लिगको अन्तिम १६ मा युभेन्टसलाई उसैको घरेलु मैदानमा बराबरीमा रोक्न सफल भएको छ ।

गोन्जालो हिग्वाइनले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट युभेन्टसलाई अग्रता दिलाएका थिए । लगत्तै उनले अर्को गोल थप्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

च्याम्पियन्स लिगको इतिहासमा युभेन्टसका कुनै पनि खेलाडीले यति चाँडो दुई गोल गरेको पहिलो अवसर हो ।

तर, पहिलो हाफको ३५ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे ।

केनको गोलअघि जियानलुइजी बुफोनले ६९४ मिनेटअघिसम्म युभेन्टस र इटालीबाट गोल खाएका थिए । उता, केनको यो सातौ गोल थियो । उनले स्टिभन जेरार्डले सन् २००८–०९ मा राखेको कुनै पनि इंग्ल्सि

खेलाडीले एउटै च्याम्प्यिन्स लिगमा गरेको सर्वाधिक गोलको किर्तिमान बराबरी गरेका छन् ।

उता, अर्को इंग्ल्सि टोली म्यान्चेस्टर सिटीले भने एफसी बासेलविरुद्ध गोलको वर्षा गरेको छ ।

बासेलको घरेलु मैदानमा भएको खेलमा सिटी ४–० को जीत निकालेको हो ।

सिटीको जीतमा इके गुन्डोगानले दुई तथा बर्नान्डो सिल्भा र सर्जियो अगुएरोले एक–एक गोल गरे ।

कुनै पनि इंग्ल्सि टोलीले च्याम्पिन्स लिगको नकआउट खेलमा घरेलु मैदानबाहिर हासिल गरेको सबैभन्दा ठूलो जीत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप