शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन जोडी : पवन र सीमा (फोटोफिचर)

बुधबार, ०२ फागुन २०७४, ०९ : १३
बुधबार, ०२ फागुन २०७४

काठमाडौँ । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । 

जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ ।

पश्चिमा देशहरुबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो ।

अहिले विभिन्न म्यूजिक भिडियोमा बफादार प्रेमीको अभिनयमा देखिएका संचारकर्मी तथा मोडल पवन भट्टराई भ्यालेन्टाइन डेको मुडमा प्रस्तुत भएका छन् । भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा आकर्षक फोटोसुटमार्फत पवनले प्रेमलाई उश्रृखंलतामा नभइ रोमान्टिक मुडमा प्रस्तुत हुनुपर्ने सन्देश दिन खोजेका छन् । 

खोटाङमा जन्मिएका पवनले मुलधारको पत्रकारिता सँगसगै मोडलिङलाई सभ्य र सम्मानित बनाउँदै भ्यालेन्टाइनलाई रोमान्टिक तथा सन्देशमुलक बनाउन आग्रह गरेका छन् । रेड क्याजुअल ड्रेसमा सजिएका पवन र मोडल सीमा ढकालको ड्रेसअप र पोजले भ्यालेटाइनको मुड झल्काएको छ ।  मोडलद्वय पवन र सिमाले प्रेम दिवसलाई शिष्ट र मर्यादीत बनाउन आग्रह गरेका छन् । 

प्रेम दिवसले प्रेमी–प्रेमिकाबीच मात्र नभइ सम्पूर्ण मानवबीच प्रगाढ प्रेम हुनुपर्ने उनीहरुको धारणा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप