शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं १ मा यसरी हुँदैछ सरकार गठनको तयारी

मङ्गलबार, ०१ फागुन २०७४, १९ : ५९
मङ्गलबार, ०१ फागुन २०७४

विराटनगर– प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ ।  प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा ९एमाले०को औपचारिकपत्र प्रदेश सचिवालयका सचिव रामकृष्ण गुरागाईंलाई बुझाएपछि सरकार गठनको प्रक्रिया शुरु भएको हो । 

नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता टङ्क आङबुहाङले पनि राईलाई समर्थन गरेको पत्र सचिव रामकृष्ण गुरागार्इंलाई बुझाए  ।  प्रदेश नं १ मा नेकपा (एमाले)को स्पष्ट बहुमत छ । ९३ सदस्यीय यस प्रदेशसभामा नेकपा (एमाले)का मात्र ५१ सदस्य छन् । यसबाहेक नेकपा (माओवादी केन्द्र)को १५ प्रदेशसभा सदस्य छन् । 

नेकपा (एमाले)ले प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राईलाई चयन गरिसकेको छ । नेकपा (एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य जीवन घिमिरेले सम्भवतः भोलि अर्थात् बुधबार प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नेछन् । फागुन ३ गते मुख्यमन्त्रीको शपथग्रहण हुने पनि उनले जानकारी दिए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप