शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडक खण्डको काम छिटो सक्न मुख्यमन्त्रीको निर्देशन

मङ्गलबार, ०१ फागुन २०७४, १९ : २९
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं– प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नारायणगढ–मुग्लिन सडकखण्डको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको मंगलबार अनुगमनपछि मुख्यमन्त्री पौडेलले समयमै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

नारायणगढ मुग्लिन सडक खण्ड प्रदेश नम्बर ३ को मुख्य सडकखण्ड रहेको भन्दै उनले तोकेको समयमा काम सम्पन्न नगरे कारवाही गर्ने चेतावनी समेत दिए । २०१५ को अप्रिलमा सुरु भएको सो सडक बिस्तारको कामको तीनपटक सम्म म्याद थप गरि सकिएको छ ।

पछिल्लो म्याद अनुसार २०१८ को फेब्रुअरी २० सम्ममा काम सक्नुपर्ने भएपनि त्यसो हुन नसकेपछि पुन म्याद थपको तयारी भईरहेका बेला मुख्यमन्त्री पौडेलले अबको म्याद थपनै अन्तिम हुनुपर्ने तर्फ सचेत गराए ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले नीतिगत रुपमा सुधार गरेर विकास निर्माणका कामलाई तीब्रता दिने बताए । सडक अनुगमनमा प्रदेश  नम्बर ३ का सांसदहरु विजय सुवेदी, दावादोर्जे लामा, रिना गुरुङ लगायत पनि सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप