बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड र बाबुरामको नामै लिएर बैद्यले लगाए गम्भीर आरोप

मङ्गलबार, ०१ फागुन २०७४, १८ : ३२
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं–  नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले जनयुद्धका नायक पुष्पकमल दाहाल र बाबुराम भट्टराई खलनायकमा परिणत भएको गम्भिर आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २३ औं जनयुद्ध दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले सो कुरा बताएका हुन्  ।

कार्यक्रममा बोल्दै अध्यक्ष बैधले बाम गठबन्धन कम्युनिष्टनै नभएको दावी समेत गरे । माओवादी केन्द्रका अध्यक्ष दाहाल बाम गठबन्धनको नाममा पूरानै राज्यसत्तामा विलय हुन पुगेको दाबी गर्दै अध्यक्ष बैद्यले जनताले बाम गठबन्धनलाई नभई कम्युनिष्टहरुलाई निर्वाचनमा मतदान गरेको दाबी गरे ।

 उनले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी भइसकेकाले क्रान्तिको नेतृत्व गर्न नसक्ने तर्क समेत गरे । अध्यक्ष बैद्यले जनवाद ल्याउने गरी नेपाली क्रान्तिको नेतृत्व आफूहरुले मात्रै गर्ने दाबी समेत गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप