शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यादव प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित

मङ्गलबार, ०१ फागुन २०७४, १८ : १४
मङ्गलबार, ०१ फागुन २०७४

महेन्द्रनगर– प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।  संसद् सचिवालयका सचिव वंशीराज पौडेलले सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएकोे बताए । 

यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ ।  सचिव पौडेलले भने, “सभामुखको उम्मेदवारीका लागि तोकिएको आज २ बजेसम्म यादवले मात्र उम्मेदवार दर्ता गराउनुभएको छ अब बुधबार बस्ने प्रदेशसभा बैठकबाट सभामुखको औपचारिक रुपमा उहाँ निर्वाचित भएको घोषणा गरिनेछ ।” बुधबार प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप