बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फोहोरको थुप्रोमा आगो लाग्दा ९ मिनेट त्रिभुवन विमानस्थल ठप्प

मङ्गलबार, ०१ फागुन २०७४, १७ : ३७
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोहोर थुपारेको ठाउँमा मंगलबार आगलागी भएको छ । 

फोहोरको थुप्रोबाट ठूलो धुँवाको मुस्लो देखिएपछि विमानस्थल करिब ९ मिनेटका लागि बन्द गर्नुपरेको थियो ।

नेपाल उड्ययन प्राधिकरणका प्रवक्ता प्रेम नाथ ठाकुरका अनुसार कसैले फोहोरमा चुरोटको ठुट्टा फालेको कारण आगलागी भएको हुनसक्ने बताए । 

‘विमानस्थल बन्द नै गर्नुपर्ने अवस्था थिएन । तर, रनवेबाट विमानस्थलका दमकल वारपार गर्नुपर्ने भएको कारण केही समयका लागि बन्द गर्नु परेको थियो,’ ठाकुरले भने ।

अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।

तस्विर: शंकर तिवारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप