केन्द्रीय संस्करण

सप्तरीमा जंगली हात्तीको आक्रमणमा  २ जनाको मृत्यु

person access_timeफागुन १, २०७४ chat_bubble_outline0

सप्तरी–  जिल्लाको कञ्चनरुप नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट दुई व्यक्तिको ज्यान गएको छ ।  कन्चनरुप नगरपालिका–५ बस्ने ४५ बर्षीया दुर्गी मुखिया र सोही स्थान बस्ने ३५ बर्षीया मन्जु साहको मंगलबार मृत्यु भएको हो  ।

कोशी टप्पु बन्यजन्तु आरक्षणमा घाँस दाउरा गर्न गएका उनीहरुलाई जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ