बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘वासु रिमाल यात्री’ पुरस्कार बस्नेत र वाग्लेलाई

मङ्गलबार, ०१ फागुन २०७४, १६ : ३२
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी संघले यसवर्षको ‘वासु रिमाल यात्री स्मृति’ पुरस्कार प्रेम बस्नेत र कृष्णप्रसाद वाग्लेलाई प्रदान गर्ने भएको छ ।  बस्नेत रासस केन्द्रीय कार्यालयमा उप–व्यवस्थापक (छैटौँ तह) मा र वाग्ले रासस प्रदेश नं १ विराटनगरमा कार्यालय सहयोगीका रुपमा लामो समयदेखि काम गर्दै आएका छन् । संघको आज बसेको बैठकले उनीहरुलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो । 

स्व.यात्री संघका संस्थापक अध्यक्ष रहेका थिए, उनले राससबाट १० औं तह (सम्पादक) बाट अवकाश लिएका थिए ।  यात्रीका परिवारले उनको सम्झनास्वरुप स्थापना गर्नुभएकोे उक्त पुरस्कारको राशि जनही रु पाँच हजार एक छ । सो पुरस्कार राससको ५७औँ वार्षिकोत्सवको अवसरमा यही फागुन ७ गते प्रदान गरिने संघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप