शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एलिशालाई सुजनको किन ‘कसम मन पर्यो’ ?

मङ्गलबार, ०१ फागुन २०७४, १६ : १८
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं – ठमेल बजार गीतबाट रातारात हिट भएकी मोडल एलिसा राई म्युजिक भिडियोका सबैभन्दा ब्यस्त मोडल हुन् । उनै एलिसाको अभिनय रहेको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै ‘कसम मन पर्यो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । 

गायक सुजन तिगेलाको स्वर रहेको गीतमा शब्द, संगीत र स्वर सुजनकै रहेको छ । भिडियोमा पनि उनि देखिएका छन् । गीतमा सुजनसंगै एलिशा राई पनि देखिएकी छिन् । गीतमा लिम्बु कल्चर झल्काउने किसिमको भेषभुषा पनि प्रयोग गरिएको छ । 

गीत एल्बम ’कालजयी (२’ मा संग्रहित छ । गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायाँकन गरेका हुन् । सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । 

गीतले प्रेम भाव व्यक्त गर्छ यसैले पनि प्रणय दिवसकै सेरोफेरोमा भिडियो ल्याइएको निर्देशक शान थापाले बताए । उनले भने गीतकै भाव अनुसार यसमा सुजन र एलिशा माथी फिचरीङ गराएका छौ । गीतमा प्रेमीले प्रेमिकाको सुन्दरता र मायाको बयान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप