शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

के दिउँ तिमीलाई ‘भ्यालेन्टाइन डे’को उपहार ! (फोटोफिचर)

मङ्गलबार, ०१ फागुन २०७४, १६ : ०२
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं– बुधबार भ्यालेन्टाइन डे । प्रेमीप्रेमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गरी मनाउने दिन । यसो त भ्यालेन्टाइन डेकै दिन  औपचारिक रुपमै प्रेम प्रस्ताव राख्ने प्रचलन पनि युवापुस्तामा रहेको छ । 
पश्चिमा सँस्कृति भए पनि यस दिवसले नेपालमा पनि स्थान पाइरहेको छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् । बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ ।
भ्यालेन्टाइन डेका लागि आफ्नो प्रेमीलाई दिने  उपहार किन्नका लागि राजधानीका विभिन्न गिफ्ट सेन्टरमा युवायुवतीहरुको चहलपहल देखिएको छ । आज दरबारमार्गलगायतका विभिन्न  स्थानमा पुग्दा गिफ्ट  पसलहरुमा युवायुवती गुलावसहितका  विभिन्न प्रेमभाव झल्काउने उपहार किन्नमा व्यस्त देखिन्थे । 

कसरी सुरु भयो भ्यालेन्टाइन डे ?
इसार्पूव २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए । 
तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रुअरी १४ तारिखलाई भ्यालेन्र्टाईन डे को रुपमा मनाइँदै आएको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप