शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्कका साथीलाई २० वर्षको जेल सजाय

मङ्गलबार, ०१ फागुन २०७४, १५ : ५५
मङ्गलबार, ०१ फागुन २०७४

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति पार्क ग्युन हेका नजिकका साथीलाई २० बर्षको जेल सजाय हुनेगरी मङ्गलबार निर्णय सुनाएको छ ।  दक्षिण कोरियाको महाभियोग लगाउने संसदको निर्णयलाई यहाँको अदालतले सदर गरेको दुई दिनपछि राष्ट्रपतिबाट पदच्युत गरिएकी पार्कका साथी चोइ सुन सिलले पार्कलाई लामो समयसम्म सघाएका थिए । 

चोईलाई हिरासतमा लिएको १५ महिनापछि उहाँमाथि लागेको राष्ट्रपतिलाई प्रभावमा पारी आर्थिक अपचलन तथा भ्रष्टाचार गरेको आरोपलाई पुष्टि गर्दै २० बर्षको जेल सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप