शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङमा टेलिकमको सेवा विस्तार

मङ्गलबार, ०१ फागुन २०७४, १५ : ३३
मङ्गलबार, ०१ फागुन २०७४

बागलुङ– नेपाल टेलिकमले बागलुङको ताराखोला गाउँपालिका वडा नं ४ मा जिएसएम मोवाईल सेवा विस्तार गरेको छ ।  

टेलिकमले गाउँपालिकाको मसिना डाककडामा टावर स्थापना गरि सेवा सुचारु गरेको हो । २ हजार ३ सय ७५ मिटर उचाईमा अवस्थित मसिना डाककडामा रहेको उक्त टावर सञ्चालनमा आएसँगै ताराखोला गाउँपालिका वडा नं ४ को नागबेलीखोला, दोगाडी  सागुबोट, वडा नं ५ को छेल्दोर, सीप, वडा नं ३ को घुस्मेलीका झण्डै ३०० घरधुरी प्रत्यक्ष लाभान्वित भएको नेपाल टेलिकम धौलागिरी प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए । 

ग्रामिण बस्तीका बासिन्दालाई सहज सञ्चारको पहुककचमा जोडन भौगोलिक विकटता, खोंच, उच्च पहाडी भुभागका चुनौतिका बाबजुत टेलिकमले सेवा विस्तार गरेको शर्माको भनाई छ । तत्कालका लागि टुजी सेवा सञ्चालनमा ल्याईएको र केही समय पछि उच्च गतिको डाटा सहितको थ्रिजी सेवा पनि सञ्चालनमा ल्याउने नेपाल टेलिकम बागलुङले जनाएको छ ।

 मोवाईल टावर सञ्चालनमा आएपछि लामो समय देखि सञ्चारको अभावमा नेटवर्कको खोजी गर्दै मोवाईल हातमा लिएर अग्ला डाँडातिर भौतारिनु पर्ने बाध्यता हटेको स्थानीले बताएका छन् । 

यता डाटाको माग बढेपछि टेलिकमले काठेखोला गाउपालिकाको रेशस्थित सिगाना कोटमा रहेको मोवाईल टावरमा थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ । थ्रिजी सञ्चालनमा आएपछि त्यस आसपासका उपभोक्तालाई उच्च गतिको ईन्टरनेट चलाउन थप सहजता भएको छ ।

सेवा विस्तारको क्रममा नेपाल टेलिकमले पश्चिम बागलुङको बडिगाड गाउपालिकाको उपल्लो दर्लिङ सेवा पनि विस्तार गरेको छ । दर्लिङ र आसपासमा सञ्चार सेवा प्रदान गर्ने उद्येश्यले उपल्लो दर्लिङ बाघखोरमा टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप