बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिमी न्यून चापीय प्रणालीले बदली र वर्षा

मङ्गलबार, ०१ फागुन २०७४, १४ : ४०
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौँ– पश्चिमी वायुको प्रभावका कारण आज काठमाडौँसहित देशैभर मौसम बदली तथा अधिकांश स्थानमा वर्षा भएको छ ।  उक्त वायुको प्रभावले देशैभर बदली हुनाका साथै पूर्व र पश्चिमी भेगमा हल्का वर्षात् भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली क्रमशः पूर्वतिर सर्दै गएकाले बुधबारदेखि मौसममा सुधार आउने मौसमविद् वरुण पौडेलले जानकारी दिए । 

काठमाडौँमा आज बिहानीपख हल्का वर्षा भएको थियो । मौसममा आएको बदलीका कारण राजधानीमा बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार जुम्लामा २९, सुर्खेतमा १८, डडेल्धुरामा १२, दाङमा १२, दिपायलमा नौ, बाँकेमा आठ, धनगढी र भैरहवामा चार चार तथा पोखरा र काठमाडौँमा दुई दुई मिलिमिटर वर्षात् भएको छ । 

काठमाडौँको अधिकतम तापक्रम २० र न्यूनतम आठ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा ऋणात्मक ३.९ र सबैभन्दा बढी सिमरामा १२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप