बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सानो ल्वाङको ठूलो फाइदा

मङ्गलबार, ०१ फागुन २०७४, १४ : २७
मङ्गलबार, ०१ फागुन २०७४

धेरैले ल्वाङ खानाको परिकारमा मसलाको रूपमा प्रयोग गर्छन् । चिया र खानालाई सुगन्धयुक्त तथा स्वादिष्ट बनाउन यसको प्रयोग गरिन्छ । ल्वाङको काम यतिमा मात्र सीमित छैन । यसमा युजेनल नामक तत्व हुन्छ, जसले साइनस र दाँतको दुखाइबाट मुक्त गर्नुका साथै कैयौँ स्वास्थ्य समस्याबाट छुटकारा दिलाउँछ । ल्वाङले गर्मी गराउने भएकाले जाडो मौसममा यसको प्रयोग बढी फाइदाजनक हुन्छ ।

  पेटको दुखाइ
पेट दुखाइबाट ग्रसित मानिसका लागि ल्वाङ निकै लाभदायक हुन्छ । तपाईंमा ग्यास्ट्रिकको समस्या छ भने पनि ल्वाङको प्रयोग गरिहाल्दा उपयुक्त हुन्छ । ल्वाङको प्रयोगपछि यस्तो समस्या हुनेलाई राहत मिल्न जान्छ । खानापछि सधैँ एउटा ल्वाङ चपाउने बानीले शरीरमा सकारात्मक असर पार्छ ।

  टाउको दुखाइ
ल्वाङले पेटको दुखाइसँगै टाउको दुखाइको समस्या भएकालाई पनि आराम प्रदान गर्छ । धेरैको बानी हुन्छ कि टाउको दुख्नेबित्तिकै औषधिको प्रयोग गर्ने । तर, औषधिको प्रयोगले साइड इफेक्टको सम्भावना पनि उत्तिकै हुन्छ । ल्वाङ यस्तो औषधि हो, जसको कुनै साइड इफेक्ट हुँदैन ।

  घाँटीको समस्या
जाडोमा धेरैलाई घाँटीको समस्या हुन्छ । घाँटी खसखसाउनु वा चिलाउनु सामान्य हुन सक्छ । तर, कहिलेकाहीँ घाँटीमा गम्भीर असर पनि देखिन सक्छ । जसका कारण अत्यधिक दुखाइ हुन्छ । ल्वाङको प्रयोगले यस्तो समस्याबाट छुटकारा
मिल्न सक्छ ।

  चिसो भगाउन
जाडोमा चिसो भगाउन पनि ल्वाङको प्रयोग गर्न सकिन्छ । नियमित ल्वाङको प्रयोगले चिसो मौसममा लाग्ने कतिपय भाइरल रोगबाट बच्न सकिन्छ । यसले चिसोसम्बन्धी कतिपय रोगलाई निको पार्ने पनि काम गर्छ ।

  छालाको दाग हटाउन
ल्वाङले छालासम्बन्धी विभिन्न समस्याबाट मुक्त पार्ने काम गर्छ । मुसा, ब्ल्याक हेड्स, ह्वाइट हेड्सजस्ता समस्या भएमा ल्वाङको तेल प्रयोग गर्दा हुन्छ । यसको तेल प्रयोग गर्दा भने फेसप्याकमा अलिकति मिसाउने गर्नुपर्छ । यसलाई सीधै छालामा छुवाउनुचाहिँ हुँदैन । ल्वाङको तेलले छाला र अनुहारलाई सफा गर्ने काम पनि गर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप