ऋषिको नयाँ चलचित्र बेलायतमा छायाँकन
काठमाडौं – नेपाली चलचित्रको विदेशमा छायांकन गर्ने क्रम बढ्दो छ । निर्देशक मिलन चाम्स चलचित्र ‘लिलिबिली’ बेलायतमा छायांकन सकाएर फर्किए लगतै अभिनेता भुवन केसी ‘कृ’को एक गीत छायाँकनका लागि त्यहाँ पुगे । भुवन स्वदेश फर्किएको केही समय पनि भएको छैन । अर्का निर्देशक ऋषि न्यौपाने पनि आफ्नो नयाँ चलचित्र छायांकनका लागि बेलायत जाने तरखरमा छन् ।
अहिले गीत रेकडिङ भइरहेको नयाँ चलचित्र छायाँकनका लागि उनी बेलायत जान लागेका हुन् । लोकेसन समेत हेरेर भर्खर फर्किएका उनी चलचित्र बेलायत छायांकनका लागि अनुमति प्रक्रिया छन् । ‘छिट्टै सबै प्रक्रिया सकाएर टिम सहित बेलायत लाग्ने छु’ ऋषिले भने ।
मेरो राजेश दाइ, जाल, भविष्य, डन, धनवान सहित दुई दर्जन माथीका चलचित्र निर्देशन गरेका ऋषिले दर्शक र समयको माग अनुसार चलचित्र छायाँकनका लागि बिदेश जान लागेको बताए ।
ऋषिले बिदेश छायाँकन गर्ने चलचित्रको लेखन कार्य अहिले अन्तिम चरणमा रहेको छ । लेखन सकिएपछि नाम र कलाकार फाइनल गरेर छायाँकनमा निस्कने उनको योजना रहेको छ । चलचित्रमा केही कलाकार यहाँका र केही बेलायतका समेत रहने उनले सुनाए ।
गैंडाकोट नवलपरासीबाट डेढ दशकअघि काठमाडौं छिरेका ऋषिले नेसनल फिल्म स्टुडियोबाट निर्देशन बिधामा डिप्लोमा पूरा गरेका छन् । खलनायक, टक्कर दुई मुटु, डन लगायत ब्यवसायीक रुपमा ५१औ दिनको रेकर्ड बनाउन सफल चलचित्रका निर्देशक ऋषि नयाँ चलचित्र नयाँ बर्ष भित्र रिलिज गर्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?