सिड्नीको भवन निर्माणधिन क्षेत्रमा भीषण आगलागी, १३ जना घाइते
मङ्गलबार, ०१ फागुन २०७४, १४ : १५
एजेन्सी– अष्ट्रेलियमको न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीमा भवन निर्माणाधिन क्षेत्रमा मङ्गलबार भएको आगलागीमा परी कम्तिमा १३ जना घाइते भएको यहाँका अधिकारीले जनाएका छन् । आगलागी अग्ला भवन रहेको शहरी इलाकामा भएको र यसलाई निभाउन दमकलसहित २० अग्नी नियन्त्रक कर्मचारी खटाइएको सिड्नी नगर प्रशासनले जनाएको छ ।
आगलागीमा परेका अधिकांश व्यक्तिलाई आगलागीपछि निस्केको धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको र केहीको आगोको रापले पोलेको घाउहरू रहेको चिकित्सकले बताएका छन् । सर्कुलर क्वे वन्दरगाह क्षेत्रमा लागेको आगो निभाउने प्रयास जारी रहेको तर यो समाचार तयार पार्दासम्म आगो पूर्ण नियन्त्रणमा आइनसकेको विपद् उद्धार मामिला हेर्ने महानगरीय प्रवक्ताले बताए । घटना भएको भवन अहिले खाली गरीएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।