शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा पर्यटन महोत्सव शुरु

मङ्गलबार, ०१ फागुन २०७४, १३ : ४७
मङ्गलबार, ०१ फागुन २०७४

ताप्लेजुङ– पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन यहाँ आजदेखि शुरु भएको छ ।  ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ नाराका साथ महोत्सव शुरु भएको हो । 

पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्र्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । प्रदेश नं १ का प्रदेशसभा सदस्य प्रताप प्रकाश हाङगामले परेवा उडाएर कलशयात्राको उद्घाटन गरेका थिए । 

महोत्सवमा आजैदेखि खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति तथा विभिन्न झाँकी प्रदर्शनी गरिनेछ । पाथीभरा म्याराथन महोत्सवको अन्तिम दिन फागुन ३ गते गरिने आयोजकले जनाएको छ । 

तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड प्रतियोगिता हुनेछ । पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभिम गुल्मले संयुक्त रुपमा उक्त महोत्सवको आयोजना गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप