बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसडाँडामा यसरी मनाइयो २३ औं जनयुद्ध दिवस, प्रचण्डले काटे केक (फोटोफिचर)

मङ्गलबार, ०१ फागुन २०७४, १३ : २७
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं– नेकपा माओवादी केन्द्रले  मंगलबार २३ औं जनयुद्ध दिवस मनाएको छ ।  पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठसहित शीर्ष नेतृत्व तथा कार्यकर्तालगायतको सहभागिता रहेको थियो । 
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘२३ औं जनयुद्ध दिवस’ उल्लेखित केक समेत काटेका थिए भने पार्टीको भातृ संगठन वाइसियलका अध्यक्ष दीपशीखाले प्रचण्डलाई केक खुवाइदिएका थिए । 
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा   गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको हो । 

उक्त युद्द १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो  । २०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर गरेर  माओवादी शान्ति प्रक्रियामा माआएको थियो । 
शान्तिप्रक्रियामा आएपछि  अहिले माओवादी देखिनेगरी तीन टुक्रा भएको छ ।  दिवसकै अवसरमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपाले आज संयुक्त रुपमा  छुट्टै कार्यक्रमको आयोजना गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप