केन्द्रीय संस्करण

भारतीय अण्डमान टापुमा शक्तिशाली भूकम्प

person access_timeफागुन १, २०७४ chat_bubble_outline0

एजेन्सी– भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ ।  भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । 

भूकम्पका कारण मानवीय क्षति वा अन्य भौतिक क्षति भएको खबर समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।  अण्डमानलाई केन्द्रविन्दु बनाएर यस पहिले गत जनवरी १४ मा पनि ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो । 
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X