शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तपाईंमा पनि छन कि यी ६ घातक आदत

मङ्गलबार, ०१ फागुन २०७४, १३ : ००
मङ्गलबार, ०१ फागुन २०७४

 बढी पानी
पानी शरीरका लागि अत्यावश्यक तरल पदार्थ हो । तर, यसको बढी प्रयोगले पनि शरीरलाई हानि गर्छ । जसले आवश्यकभन्दा बढी पानी पिउँछ, उसलाई कैयौँ रोग लाग्ने सम्भावना हुन्छ । आफ्नो शरीरका लागि जति आवश्यक हुन्छ, त्यति मात्र पानीको प्रयोग गर्नु उत्तम हुन्छ । यसका लागि चिकित्सकको परामर्श लिँदा राम्रो हुन्छ । किनभने, सबै मानिसलाई एउटै मात्रामा पानीको आवश्यकता पर्छ भन्ने हुँदैन ।

 दिसा रोक्नु 
जसले आफ्नो दिनको सुरुवात नित्यकर्मबाट गर्छ, ऊ नै बढी स्वस्थ रहन्छ । शरीरमा दबाब पर्दा पनि दिसा रोक्नु निकै हानिकारक हुन्छ । दिसा रोक्ने मानिसलाई थुप्रै रोगले आक्रमण गर्न सक्छ ।

 हेभी खाना
लगातार हेभी खानाको प्रयोग पनि शरीरका लागि हानिकारक हुन्छ । स्वस्थ रहन बिहान खाजा र त्यसपछि लन्चमा भिटामिन र प्रोटिनयुक्त खानाको प्रयोग उत्तम हुन्छ । तर, रातको समय मसलेदार खानेकुराबाट भने बच्न आवश्यक हुन्छ ।

 दिनको सुताइ
कतिपय मानिसमा दिनमा सुत्ने बानी हुन्छ, जसलाई स्वस्थकर मानिदैन । दिनको सुताइ कैयौँ रोगको कारण बन्न सक्छ । एक त दिनको सुताइले शरीरमा आलस्यता सिर्जना गर्छ । अर्को यस्तो प्रवृत्तिले आराम होइन कि रोगको कारण बन्छ ।

 जाग्राम रहनु
जसरी दिनमा सुन्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ, त्यसरी नै रातको समय जाग्राम रहनु पनि घातक हुन्छ । रातको समय अबेरसम्म बस्दा केयौँ रोगको सिकार बन्न सकिन्छ । त्यसैले यस्तो जीवनशैली परिवर्तन गर्न आवश्यक हुन्छ ।

 कमजोर इम्युनिटी
शरीरको इम्युनिटी पावर जति कमजोर हुन्छ, त्यति नै सजिलै विभिन्न रोगले आक्रमण गर्छ । त्यसैले शरीरको इम्युनिटी पावर बलियो राखिराख्न आवश्यक छ । यसका लागि नियमित बिहान उठ्ने, व्यायाम गर्ने, समयमा खाना खाने र समयमै सुत्ने बानी बसाउनुपर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप