शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अमृत र संगीताको यस्तो छ ‘मग मग’

मङ्गलबार, ०१ फागुन २०७४, १२ : ३६
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं – भ्यालेन्टाइन डे लाई लक्षित गर्दै गायक अमृत छेत्रीले आफ्नो स्वरमा सजिएको गीत ‘मग मग’ लिएर आएका छन् । गीतमा अमृतसंगै उनकै श्रीमती संगीता छेत्रीमाथी फिचरिङ गरिएको छ । गीतको भिडियोमा यी दुईको प्रेम देख्न सकिन्छ । 
गीतले प्रेमको नै चर्चा गरेको छ । गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको रहेको छ । गीतमा माया आभास गराउने मोमेन्ट राखिएको छ । 
गीतमा एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतलाई बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने यसलाई विकास धमलाले सम्पादन गरेका हुन् । गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । 
‘भ्यालेन्टाइन डे कै वरपर रिलिज गर्ने प्लानिङ अनुसार भिडियो तयार गरिएको हो ।’ निर्देशक निकेशले भने ‘ भिडियोमा मायाका भावलाई दृश्य मार्फत पनि ब्यक्त गराउने प्रयास गरेको छु ।’ गीतमा अमृत र संगीताले राम्रो काम गरेको निकेशले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप