शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन निलो छ फेसबुकको रङ, जान्नुहोस् ९ तथ्य

मङ्गलबार, ०१ फागुन २०७४, ११ : २५
मङ्गलबार, ०१ फागुन २०७४

१. विश्वका चर्चित कम्पनीहरूको लोगो र उनीहरूले खेल्ने रङको भित्री यथार्थ रोचक हुन्छ । फेसबुकले नीलो रङ प्रयोग गर्नुको खास पाटो रोचक नै छ । संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ । उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ नीलो भएकाले उनी र उनका साथीले नीलो रङमा फेसबुक डिजाइन गरेका हुन् ।

२. फेसबुकमा जो कसैलाई पनि तपाईं चाहेको वेला ब्लक गर्न सक्नुहुन्छ, तर एकजना बाहेक । फेसबुकमा ब्लक गर्न नसकिने ती एक्ला व्यक्ति को होलान् ? उनी हुन्, फेसबुकका संस्थापक
मार्क जुकरबर्ग ।

३. फेसबुकका झन्डै दुई अर्ब प्रयोगकर्ता छन् । अधिकांश देशमा फेसबुक सामाजिक सञ्जालमा एक नम्बरमा छ । तर, यही फेसबुक विश्वका केही देशमा भने प्रतिबन्धित छ । चीन, इरान, उत्तर कोरियालगायत देशमा फेसबुक चल्दैन ।

४. अधिकांश फेसबुक प्रयोगकर्तालाई लाग्न सक्छ, मरेपछि आफ्नो अकाउन्ट के होला ? या मरिसकेका व्यक्तिको अकाउन्ट फेसबुकले के गरेको होला । कोही प्रयोगकर्ताको मृत्यु भएको रिपोर्ट कसैले फेसबुकमा गर्‍यो भने उसले विभिन्न तथ्य जुधाएर यथार्थ खोज्छ । उक्त प्रयोगकर्ताको मृत्यु भएको पुष्टि भयो भने फेसबुकले मृतकको प्रोफाइललाई मेमोरलाइज्ड गर्छ । त्यसपछि उक्त अकाउन्ट कसैले पनि लगइन तथा परिवर्तन
गर्न सक्दैन ।

५. फेसबुकमा अहिले भएको ‘लाइक’ अप्सन पहिले अर्कै थियो । यो ठाउँमा पहिले ब्ध्भ्क्इःभ् राखिएको थियो । यसैलाई बदलेर पछि लाइक बनाइएको हो ।

६. फेसबुकको लत लाग्यो भने रोगको रूप लिन्छ । यसलाई फेसबुक एडिक्सन डिसअर्डर अर्थात् एफएडी भनिन्छ । विश्वमा करोडौँ मानिस एफएडीबाट ग्रसित छन् ।

७. तपाईं आफ्नो फेसबुक अकाउन्ट लग इन गरेर इन्टरनेटमा अरू काम गरिरहनुभएको छ भने फेसबुकले तपाईंका सबै गतिविधि रेकर्ड गरिरहेको हुन्छ ।

८. फेसबुकको सर्भर डाउन भयो भने उसलाई प्रतिमिनेट २५ हजार डलर नोक्सान हुन्छ ।

९. फेसबुकले होस्टिङका लागि मात्रै हरेक महिना तीन करोड डलर खर्च गर्नुपर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप