उदयपुरमा समानुपातिक सदस्यका लागि काँग्रेसबाट दुई महिला मनोनीत
उदयपुर । हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन् ।
यसरी मनोनीत हुनेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य लक्ष्मी परियार र अर्का जिल्ला महासमितिका सदस्य तथा पूर्वसभासद् प्रमिला राई रहेको नेपाल काँग्रेस उदयपुरले बताएको छ ।
उदयपुरबाट प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक कोटामा दुवै महिला मनोनीत हुन सफल भएको नेपाली काँग्रेस उदयपुरका प्रवक्ता मदनराज कटुवालले बताए ।
अब नेपाली काँग्रेसबाट उदयपुरको प्रतिनिधिसभाको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फबाट निर्वाचित सांसदमा काँग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्कासहित तीनजना प्रतिनिधिसभा सदस्य भएका छन् ।
तर यता जिल्लाका वाम गठबन्धन नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबाट समानुुपातिकमा महिला तथा पुरुषसहित दर्जनौँको नाम बन्दसूचीको लिष्टमा राखिएको भएपनि नाम पर्न नसकेकोमा सम्बन्धित उम्मेदवारले व्यापक असन्तुष्टी जाहेर गरेका छन् ।
एमालेभन्दा पनि माओवादी केन्द्रबाट धेरैजना नेता र महिलाको समेत समानुपातिक कोटामा नाम रहेको भएता पनि जिल्लामा कोही पनि पर्न सफल नभएको कुरा माओवादी केन्द्रका पूर्वसांसद तथा केन्द्रीय सदस्य मणि खम्बुले बताए।
उदयपुरबाट प्रत्यक्षतर्फ २ नम्बर निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका सुरेश किराँतीले प्रतिनिधिसभामा विजय हासिल गर्नुभएको छ भने काँग्रेसका तर्फबाट जिल्लाको क्षेत्र नम्बर १ बाट नेकाका डा नारायण खड्काले विजय हासिल गरेका हुन्।
अब जिल्लाबाट प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट एकजना मात्र सांसद सदस्य रहेका छन् भने नेपाली काँग्रेसबाट तीन जना पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण