शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धान कुटी मकै भुटी...

मङ्गलबार, ०१ फागुन २०७४, ०९ : ३५
मङ्गलबार, ०१ फागुन २०७४

काठमाडौं - बालापनमा धान कुटी मकै भुटी भन्दै हामी कैयौंले मादल बजाउन प्रयास गरेका छौं होला । 

ताल काट्न नजानेर धान कुटी मकै भुटी भन्दै मादल बजाउने हामी सबैलाई त्यो बालापनको झल्को दिलाउने एउटा गीत सार्वजनिक भएको छ । 

दीपेन्द्र घिमिरेको शब्दमा भारतमा संगीतको अध्ययन गरेर नेपाल फर्किएका संगीतकार एस.डि योगी को संगीत रहेको “धान कुटी मकै भुटी“ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।  

एस.डि योगी र श्रुती योगी को स्वर रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईज र बेबो आचार्यको  फिचरिङ रहेको छ । 

निर्मल लामा (बीजी) को निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् भने सम्पादन प्रबिन श्रेष्ठ को रहेको छ । भिडियोलाई चन्द्र गौतम ले निर्माण गरेका हुन् । 
   
सञ्चार क्षेत्रमा कार्यरत गीतकार घिमिरे पछिल्लो समय गीत लेखनमा अगाडि बढ्दैछन् । यस अघी घिमिरेकै शब्दमा मेलिना राईको स्वर रहेको तल्लाघरे साईला.. बोलको गीत सार्वजनिक भईसकेको छ । 

भिडियो हेर्नुहोस्: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप