बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

मङ्गलबार, ०१ फागुन २०७४, ०५ : ४९
मङ्गलबार, ०१ फागुन २०७४

आजको राशिफल
बि.स.२०७४ फाल्गुन ०१ गते । मंगलबार । ईश्वी सन् २०१८ फेब्रवरी १३ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन कृष्ण पक्ष । तिथि त्रयोदशी ४० घडी १२ पला,बेलुका १० बजेर ५० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र उत्तरषाडा ५६ घडी ३४ पला । योग सिद्धि २१ घडि ३२ पला,दिउसो ३ बजेर २२ मिनेट उप्रान्त व्यातिपात । करण गर,बिहान ९ बजेर ४० मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर ५० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मानस योग । चन्द्रराशि धनु,बिहान ९ बजेर २९ मिनेट उप्रान्त मकर । 

महाशिवरात्रिर पशुपतिनाथ, हलेसी महादेवलगायत शिवालय र तीर्थहरूमा शिव मेलार फाल्गुण संक्रान्तिर शिलाचह्रे पूजा
काठमाडौंमा सूर्योदय ६ बजेर ४५ मिनेट,सूर्यास्त बेलुका ०५ बजेर ५२ मिनेट । दिनमान २७ घडी ४८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

शुभ अंक — २ 

शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिहानको समय मध्ययम रहेकोले निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ ध्यान दिनुहोला । मध्यान्हबाट लामो धार्मिक तथा शैक्षिक यात्रा हुनेछ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुँने समय रहेकोछ भने राजनिति तथा समाजसेवामा बढिनै समय खर्चिदा मात्र मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । 

शुभ अंक — ५  

शुभ रंग —   खरानि

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्नेछ । मध्यान्हबाट घर परिवार तथा दिदिबहिनिसँगको सम्बन्धमा दरार आउँने योग रहेकोले सन्तुलित व्यावहार गर्नुहोला । दैनिक कारोबार गर्दा एकदमै ध्यान दिनुहोला रुपैया पैसा हराउँने तथा तलमाथि हुँने अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नुभन्दा पनि गरिरहेको कामलाई निरन्तरता दिनुहोला समय मध्ययम रहेकोछ ।

शुभ अंक — ३

शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ईमान्दारिता पुर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुँनेछ । सांगठनिक टिम निर्माण गरि काम गर्दा भनेजस्तो आम्दानि गर्न सकिनेछ भने बिभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिबेसलाई भत्काउँदै थप लगानि गरि बिलाशि बस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा  आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ४

शुभ रंग — खरानि

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानीपखको समय मध्यमय रहेपनि मध्यान्हबाट न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्यानमा प्रतिष्पर्धिहरुलाई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नया ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

शुभ अंक —२

शुभ रंग —  रातो

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) स्वास्थ्य सम्बन्धि समस्या आईपर्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या देखा पर्नेछ । पढाई लेखाईमा मेहनेत गरे अनुशार नतिजा नआउँने हुँनाले मन चिन्तित हुँनेछ । व्यावसाय खस्केर जाने हुँनाले तत्काल नाँफा नहुँने योग रहेकोछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा साबधानि अपनाउँनु होला नराम्रो घट्ना हुँन सक्छ । माया प्रेममा एक अर्का बित नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुँनेछ । घर परिवारमा एक अर्काबिच अबिश्वास सिर्जना हुँने ग्रहयोग रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपुर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुँनाले स्कुल कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

शुभ अंक — ४

शुभ रंग — प्याजी

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय मध्यमय रहेकोले बोल्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लगाई आलोचना गर्नेहरु हावि हुनेछन् । मध्यान्हबाट दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन हुँने हुँदा मन प्रशन्न हुँनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्न आट आउँनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिहानको समय उत्तम रहेकोले पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ । मध्यान्हबाट बिभिन्न सभा समारोहमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आयपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउँने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउँनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुँने अधिक सम्भावना रहेकोछ ।

शुभ  अंक — ३

शुभ रंग —  सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको बिदेश यात्राको योग रहेकोछ । राजनिति तथा समाजसेवा फाप्ने हुँनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जानाले  भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुँने योग रहेकोछ ।

शुभ अंक —१

शुभ रंग — खरानि

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिहानको समय राम्रो रहेकोले सानो प्रयत्नले ठुलो काम बन्नेछ । आर्थिक स्थिति बजभुत बनाउन सकिनेछ भने प्यापार व्यावसाय फस्टाएर जानेछ मध्यानहबाट लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

शुभ अंक —२

शुभ रंग — हरियो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खनिज पदार्थ तथा पानिसँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुँनेछन् भने आफुसँग भएको शिप प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । सामाजिक काम गरि राज्यबाट पद प्रतिष्ठा पाउँने गतिलो योग रहेकोछ ।

शुभ अंक — ६

शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप