शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारोत्तोलनका पूर्व खेलाडी जोशी सम्मानित

सोमबार, २९ माघ २०७४, १९ : २२
सोमबार, २९ माघ २०७४

काठमाडौं–भारोत्तोलनका पूर्व खेलाडी एवम् मुख्य प्रशिक्षक सुनिललाल जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडी सम्मान प्रदान गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी जोशीलाई मरणोपरान्त गजराज स्मृति आदर्श खेलाडी सम्मान प्रदान गरेको हो ।

जोशीले पहिलो दक्षिण एसियाली खेलकुददेखि सातौंसम्म लगातार भाग लिई १३ वटा पदक जित्न सफल भएका थिए । यसवर्ष सुरु गरिएको पत्रकारिता सम्मान बरिष्ठ सञ्चारकर्मी श्याम चित्रकारलाई प्रदान गरिएको छ । एथलेटिक्स र फुटबलका खेलाडी चित्रकार खेलकुद फोटो पत्रकारका रुपमा सक्रिय रहेका छन् ।

त्यसैगरी २०७३ सालमा भएका प्रतियोगिताहरुमा उत्कृष्ट प्रर्दशन गर्ने ३५ खेलका १/१ खेलाडीलाई पनि सम्मान गरिएको छ । क्रिकेटका कप्तान पारस खड्का, फुटबलका किरण चेम्जोङ, भलिबलका प्रतिभा माली, कराँतेका परशुराम बास्तोलालाई सम्मान गरिएको हो । 

बक्सिङका सुनिल लामा, सुटिङकी अस्मिता राई, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, भारोत्तोलनका दिनेश थापा र जिम्नास्टिकका राजु राईलाई पनि सम्मान प्रदान गरिएको छ । लन टेनिसकी मयाका राणा, कवडडीका विजयकुमार चन्द, चेसका मदनकृष्ण कायस्थ, ब्याटमिन्टनका रन्तजीत तामाङ, बास्केटबलका सतिस प्रधान, शारिरीक सुसंगठनका महेश्वर महर्जन, जुडोकी फुपुल्हामू खत्री, उसुकी निमा घर्तीमगर, पौडीका शिरिष गुरुङ, एथलेटिक्सकी कान्छिमाया कोजु, फेन्सिङका संदिप लामा, कुस्तीका सरोज यादवलाई पनि सम्मान गरिएको छ । सबै खेलाडीलाई नगद १० हजार पुरस्कारसहित सम्मान गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप