कलाकार संघकै कार्यक्रममा कलाकारको खडेरी
काठमाडौं – पछिल्लो समय अवार्ड समारोह होस् या घोषणा समारोह कलाकारको उपस्थिति न्युन रहने गरेको छ । आफुले अवार्ड पाए ठिक र नपाए बेठिक भन्ने परिपार्टीले अवार्डको गरिमा समेत घट्दो छ ।
यस्तैमा सोमबार चलचित्र कलाकार संघले दोस्रो ‘फान अवार्ड २०७३’को घोषणा गर्यो । आज राजधानीमा एक कार्यक्रम गर्दै संघले अवार्ड घोषणा गरेको हो । कलाकार संघले आयोजना गरेको उक्त कार्यक्रममा कलाकारको उपस्थिति न्युन देखियो ।
अवार्डमा कथा, पटकथा, संवाद, नृत्य निर्देशक, द्वन्द्वनिर्देशक, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, छायाँकार, नवनिर्देशक, चरित्र अभिनेता, चरित्र अभिनेत्री, नवअभिनेत्री, नवअभिनेता, सहअभिनेत्री, सहअभिनेता, खलपात्र, हाँस्य कलाकार, अभिनेत्री, अभिनेता, चलचित्र र निर्देशक लगायत २४ विधा समावेश गरिएको छ । ‘कि एडभरटाईजिङ’ एजेन्सीले व्यवसायिक सहकार्य गरेको अवार्ड चैत १६ गते आर्मी अफिसर्स क्लबमा हुने संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी