नवलपरासीबाट लागू औषधसहित एक युवक पक्राउ
सोमबार, २९ माघ २०७४, १८ : ००
परासी–नवलपरासीको त्रिवेणी ब्यारेजबाट लागु औषधसहित एकजना युवक पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी नाकासँग जोडिएको भारतको भैंसालोटन बजारबाट दिउँसो लागूऔषध बोकी नेपाल भित्र्याई रहेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने २० बर्षीय सरुन नेपाली रहेको ईलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ ।
पक्राउ परेको सरुनसँग १६ क्याप्सुल स्पासमो, चार टयाब्लेट नाईट्रोभेट रहेको प्रहरीले जनाएको छ । पछिल्लो समयदेखि जिल्लामा लागूऔषधको घटना बढदै गएको छ । हाईवे क्षेत्रका युवाहरु लागूऔषध किनमेल गर्न जिल्लाको त्रिवेणी, झुल्नीपुर र भुजहाँ नाका प्रयोग गर्न थालेका छन् ।
प्रहरीले जिल्लाको मुल नाका महेसपुरमा निगरानी कडा पारेपछि ड्रग प्रयोगकर्ताहरु ती साना नाकाहरु प्रयोग गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न