शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीबाट लागू औषधसहित एक युवक पक्राउ

सोमबार, २९ माघ २०७४, १८ : ००
सोमबार, २९ माघ २०७४

परासी–नवलपरासीको त्रिवेणी ब्यारेजबाट लागु औषधसहित एकजना युवक पक्राउ परेका छन् । जिल्लाको त्रिवेणी नाकासँग जोडिएको भारतको भैंसालोटन बजारबाट दिउँसो लागूऔषध बोकी नेपाल भित्र्याई रहेको अवस्थामा प्रहरीले ती युवकलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने २० बर्षीय सरुन नेपाली रहेको ईलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । 

पक्राउ परेको सरुनसँग १६ क्याप्सुल स्पासमो, चार टयाब्लेट नाईट्रोभेट रहेको प्रहरीले जनाएको छ । पछिल्लो समयदेखि जिल्लामा लागूऔषधको घटना बढदै गएको छ । हाईवे क्षेत्रका युवाहरु लागूऔषध किनमेल गर्न जिल्लाको त्रिवेणी, झुल्नीपुर र भुजहाँ नाका प्रयोग गर्न थालेका छन् ।

प्रहरीले जिल्लाको मुल नाका महेसपुरमा निगरानी कडा पारेपछि ड्रग प्रयोगकर्ताहरु ती साना नाकाहरु प्रयोग गर्न थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप