शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपको फाइभ–फर, नेपाल सामु १७८ रनको लक्ष्य

सोमबार, २९ माघ २०७४, १७ : १३
सोमबार, २९ माघ २०७४

काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगत केन्याले नेपालसामु १ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालले टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको थियो । 

तर, नेपालको अपेक्षाविपरित केन्याले उत्कृष्ट शुरुवात गर्यो । पहिलो विकेटको लागि केन्याले ६५ रनको साझेदारी गर्यो । 

ओपनर इरफान करिम र एलेक्स ओबान्डाले क्रमशः ४२ र ४१ रन बनाए । कुनै समय केन्याले २ सय रनभन्दा माथिको स्कोर बनाउने देखिएको थियो ।

तर, त्यसपछि भने नेपाली बलरहरुले केन्यालाई खुलेर खेल्न दिएनन् । युवा सेन्सेसन सन्दीप लामिछानेले ५ विकेट लिँदै केन्याको रनमा ब्रेक लगाए ।

१० ओभर बलिङ गर्दै सन्दीपले ५ मेडेन राख्दै मात्र २० रन खर्चेर ५ विकेट लिए ।

त्यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेष्वाकरले १–१ विकेट लिए ।

केन्याका लागि अन्त्यतिर सेम एनगोचेले १५ बलमा २३ रन बनाउँदै विस्फोटक ब्याटिङ गरे । 

त्यस्तै नेल्सन ओधियाम्बोले नट आउट रहँदै २४ रन बनाए ।

लिगमा नेपालले हालसम्म २ खेलमा जीत तथा एकमा हार बेहोर्दै अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

केन्याले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा १७७ रन बनायो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप