केन्द्रीय संस्करण

सिटिजन्सद्वारा बेबी लाईफ होमलाई  आर्थिक सहयोग  प्रदान

person access_timeमाघ २९, २०७४ chat_bubble_outline0

काठमाडौं– “योर पार्टनर फर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गर्दै बैंकिंग सेवा दिदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई रू एक लाख पचास हजारको  आर्थिक सहयोग उपलब्ध गराएको छ । 
बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा संस्थालाई उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।  
प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा रू एक लाख पचास हजारको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरिएको हो । 
बेबी लाईफ होममा रहेका २३ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संचालक राज कुमार पुनले बताए ।
 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ