बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा भएको सवारी दुर्घटना ५ जनाको मृत्यु

सोमबार, २९ माघ २०७४, १६ : ४४
सोमबार, २९ माघ २०७४

एजेन्सी– भारतको उत्तराखण्ड राज्यमा एउटा सवारी साधन बाटोबाट तल खस्दा भएको दुर्घटनामा परी कम्तीमा पाँचको मृत्यु भएको छ ।  स्थानीय प्रहरीले सोमबार दिएको जानकारीअनुसार घटनामा परी अन्य पाँचजना घाइते भएका छन् । प्रान्तीय राजधानी देहरादुनबाट १५० किलोमिटर टाढा पर्ने पहाडी जिल्ला उत्तरकाशीमा दुर्घटना भएको बताइएको छ । 

प्रारम्भिक अनुसन्धानकाअनुसार चालकले नियन्त्रण गुमाएर सवारी साधन दुर्घटना भएको पाइएको छ, अत्यधिकगतिमा रहेको अर्को सवारी साधनलाई उछिन्न खोज्दा चालकले नियन्त्रण गुमाएको देखिएको एक वरिष्ठ प्रहरी अधिकारीले भने । 

उनकाअनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ भने अन्य पाँच जनालाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।  दुर्घटनामा परेको सवारी साधन लामगाउँबाट उत्तरकाशी जाँदै गरेको थियो । घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको छ । चालकले अत्याधिक गतिमा हेलचेक्र्याई गरेर सवारी चलाएकाले दुर्घटना भएको बताइएको छ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप