शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नम्बर २ प्रदेशसभा बैठक : नियमावली मस्यौदा समिति गठन

सोमबार, २९ माघ २०७४, १६ : ३०
सोमबार, २९ माघ २०७४

धनुषा– २ नम्बर प्रदेशसभाको बैठकले नियमावली मस्यौदा समिति गठन गरेको छ । 
सोमबार बसेको प्रदेशसभा बैठकले ११ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । समितिमा रामअषिश यादव, संजयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डिम्बलकुमारी झा, रमेशकुमार कुर्मी, सुन्दरबहादुर विश्वकर्मा, उपेन्द्रकुमार कुशवाहा, दिलिपकुमार साह, सावित्रीदेवी साह र शेख अवुकलाम आजद रहेका छन् ।
प्रदेश सभाको सोमबारको कार्य सुचिमा उपसभामुखको निर्वाचनको मिति तोक्ने तय भएपनि बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य लगनलाल चौधरीले त्यसलाई कार्यसूचिबाट हटाएका थिए ।
त्यसैगरि जेष्ठ सदस्य चौधरीले मर्यादा पालकलाई १५ दिन भित्र सफारी सुट र महिलाको हकमा साडी लगाउन रुलिङ गरेका छन् । जनयुद्धका क्रममा मारिएका शहिदहरुको तस्वीर समेत सभा कक्षमा राख्न जेष्ठ सदस्य चौधरीले पुनः रुलिङ गरेका छन् । प्रदेश नम्बर २ प्रदेशसभाको अर्को बैठक बुधबार बोलाइएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप