शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल केन्याविरुद्ध फिल्डिङ गर्दै

सोमबार, २९ माघ २०७४, १४ : १३
सोमबार, २९ माघ २०७४

काठमाडौँ– आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ ।  नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । 

नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको थियो भने ओमानसँग हार बेहोरेको छ । जारी प्रतियोगितामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको केन्या दुवै खेलमा हार बेर्होदै अंकविहीन छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप