मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सगरमाथा उचाई चीनले नमान्ने !

सोमबार, २९ माघ २०७४, १३ : १२
सोमबार, २९ माघ २०७४

काठमाडौं–चीनले आफूले मानिआएको सगरमाथाको उचाईमा अडिग रहेको बताएको छ । चीनले सगरमाथाको उचाई ८८४४.४३ मान्दै आएको छ ।

संसारको सर्वोच्च शिखर सगरमाथाको उचाई समुन्द्र सतहबाट ८८४४.५ मिटर हो ‘नेशनल एडमिनिष्ट्रेशन अफ सर्भेइङ्ग, म्यापिङ्ग एण्ड जिओइन्फर्मेशन(एन.ए.एस.जी.)’ले सिन्ह्वालाई जनायो । यो भनाई चीनले सो हिमालको नेपाली पक्षको नाप ८८४८ मिटरलाई लाई स्वीकारेको भन्ने रिपोर्ट आएपछि आएको हो ।

न्यू योर्क टाइम्सले फेब्रुअरी ३ मा चीनले सो हिमालको उचाई ८८४८ मिटरलाई मान्यता दिएको समाचार लेखेको थियो । त्यस समाचार पुष्टि गर्न उसले नेपाल पवर्तारोहण सघंको पूर्व प्रमुख आङ्ग छिरिङ्ग शेर्पाको भनाई कोट गरेको थियो ।

सन् २००५ मा एन.ए.एस.जी.ले सगरमाथाको उचाई नापेको थियो । सो सर्भेमा शिखरको चुचुरोसम्मको उचाई समून्द्र सतहबाट ८८४४.५ मिटर निस्किएको परिणाम उक्त सस्थाले निकालेको थियो । साथै उसले शिखरमा हिँऊको गहिराई ३.५ मिटर रहेको पत्ता लगाएको थियो ।

सिन्ह्वामा आएको खण्डनमा एन.ए.एस.जी.ले चीनले २००५ को परिणामको कुनैपनि माध्यममा फेरबदल नगरेको बताएको छ । उक्त परिणामलाई राज्य परिषदले स्वीकार गरेर सार्वजनिक प्रयोगका लागि जारि गरेको ख्याल गर्न पनि सो सस्थाले भनेको छ ।

एन.ए.एस.जी.का अनुसार सो शिखरको उचाईको सही नाप चीनको लागि महत्वपुर्ण तथ्याङ्क हुनुका साथसाथै भूविज्ञान  वातावरण र मौसम परिवर्तनको अन्तराष्ट्रिय खोजको लागि महत्वपूर्ण हुन्छ । यसले चीनको बृहत्तर राष्ट्रिय सबलता पनि प्रदर्शन हुने तर्फ उसले जोड दिएको छ । 

“हरेक देशका सर्वेक्षणकर्ताको ध्येय आफूले निकालेको मापन अरुले स्वीकारुन भन्ने हुन्छ । तर फरक फरक उचाई निक्लनु पछाडि मापनमा प्रयोग गरिने फरक विधी कारण हुन्छ ।” चीनको ‘नेशनल एडमिनिस्ट्रेशन अफ ग्लोबल न्याभिगेशन स्याटेलाइट सिस्टम एण्ड एप्लिकेशन’का पूर्व उपनिर्देशक झाओ काङ्गीङले आइतबार ग्लोबल टाइम्सलाई भने । 

“चोमोलङ्गमा हिमालको फरक फरक उचाई निकालेका नेपाल र चीनबीच आफ्नो मापनलाई बढी मान्यता दिलाउन प्रतिस्पर्धा चलिरहेको छ ।” चीन सामाजिक विज्ञान एकेडेमीमा ‘चीनको सिमा इतिहास तथा भूगोल’ विषयमा सोध विद्यार्थी रहेका झू जीआनयीङ्गले ग्लोबल टाइम्सलाई भने । चीनियाँहरु सगरमाथालाई चोमोलङ्गमा नामले चिन्दछन् । उनको कुरामा उक्त सस्थाका अर्का विज्ञ लि गुआचीङ्गले समर्थन जनाए । साथै उनले सगरमाथाको उचाईबारेमा रहेको विवादलाई राजनितिकिरण गर्न नहुने जनाए । 
–ग्लोबल टाइम्स्
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप