शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरियामाथि हालसम्मकै ठूलो आक्रमणपछि...

सोमबार, २९ माघ २०७४, १३ : ०२
सोमबार, २९ माघ २०७४

 काठमाडौं–सिरियामाथि दशकौँ पछिको सबैभन्दा ठूलो आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देश जुनसुकै आक्रमणको प्रतिरक्षा गर्न तयार रहेको बताएका छन्  ।

इजरायलले सो आक्रमण सिरियाभित्र रहेको इरानी निशानाहरूमा गरेको जनाएको छ । उसको भनाइअनुसार उसले सो आक्रमण सिरिया–इजरायल क्षेत्रमा इरानको ड्रोनको उपस्थिति भेटेपछि गरेको जनायो ।
इरानले भने यो आरोप अस्वीकार गरेको छ ।

आक्रमणको क्रममा एक इजरायली एफ–१६ युद्ध विमानलाई सिरियाली हवाई प्रतिरक्षाले खसालिदिएको छ । सो युद्धविमान उत्तरी इजरायलमा खस्यो र प्लेन क्षतिग्रस्त हुनुअघि प्लेनमा रहेका दुई पाइलट प्यारासुटबाट उम्किन सफल भए । उनीहरूलाई हस्पिटल भर्ना गरिएको अधिकारीहरूले जानकारी दिए ।

सिरियाली द्वन्द्वमा इजरायलले विमान गुमाएको यो पहिलो पटक हो ।

नेतान्याहुले आफूविरुद्ध हुने ‘हानिको हरेक प्रयास’को प्रतिरक्षा गर्ने इजरायलको नीतिमा प्रष्ट हुन चेतावनी दिएका छन् ।

‘इरानले खुल्ला रूपमा इजरायलको सार्वभौमिकता मिचेको छ ।’ उनले भने । ‘तीनले सिरियाको भूमिबाट इजरायलतर्फ ड्रोन उडाए, इजरायल इरान र त्यसलाई आश्रय दिने सिरियालाई यसका लागि जिम्मेबार ठहर्याउँछ ।’

नेतान्याहुले भने, ‘इजरायल इरानले सिरियामा आफ्नो सैन्य उपस्थिति बढाउने कामको विरोध गर्छ ।’ तर उनले सेना प्रमुखहरूसँगको भेटमा इजरायलले शान्ति चाहेको पनि बताए ।
 
घटनामा अन्य देशको प्रतिक्रिया
-
अमेरिकी विदेश मन्त्रालयले इजरायलको प्रतिरक्षा गर्ने अधिकारमा आफ्नो समर्थन रहेको जनाएको छ । उसले तनाव वृद्धिका लागि इरानलाई दोष दियो ।
-   नेतान्याहुसँगको फोन वार्तामा रुसी राष्ट्रपति पुटिनले थप ‘खतरनाक तनाव’ बढ्न नदिन ख्याल गर्नु आवश्यक रहेकोमा जोड दिए ।
-   संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरसले तत्काल तनाव बढ्ने कार्य रोकेर सिरियाको सीमाभन्दा पर युद्धको ‘खतारनाक प्रसार’ रोक्न आह्वान गरे ।
 

इरानको सिरियामा उपस्थिति
इरान इजरायलको कट्टर दुस्मन हो र इरानी फौज सन् २०११ देखि सिरियाका विद्रोही समूहविरुद्ध लडिरहेको छ ।
तेहरानले सैन्य सल्लाहकारहरू, स्वयम्सेवी मिलिसिया र रिपोर्ट मुताविक सयौँ कुर्दिस (उसको रिभोलुसनरी गार्ड कोर्पको अन्तर्राष्ट्रिय शाखा) लाडाकुहरू सिरियामा पठाएको छ ।
एक विश्वास अनुसार उसले राष्ट्रपति बसार अल–असादको सहयोगमा हजारौँ टन हातहतियार आपूर्ति गरेको छ ।
तेहरानलाई सिरियामा आफ्नो प्रभाव बढाउन लागेको आरोप मात्र होइन उसले सिरिया पारि लेवनानमा लडिरहेका सिया सैन्यलाई इरानबाट सीधा हतियार आपूर्ति गर्ने रणनीतिक आपूर्ति मार्ग निर्माण गरेको आरोप लाग्ने गर्छ ।
 

सिरिया इजरायल द्वन्द्व
सिरिया र इजरायल विगतमा तीन पटक प्रत्यक्ष युद्धमा भिडिसकेका छन् । पछिल्लो पटक सन् १९८२ को लेवनानी गृहयुद्धमा यिनीहरू एकअर्का विरुद्ध लडेका थिए । सो युद्धमा कुनै शान्ति सम्झौता नभएकाले यी दुई राष्ट्र अहिले पनि प्राविधिक रूपमा युद्धरत मानिन्छन् । १९८२ को लेबनान गृहयुद्धमा आफूविरुद्ध लडेको सिरियाली सरकारमा बसार अल असादका बाबु थिए ।

त्यसैले इजरायल सिरियाली गृहयुद्धमा सिरियाको बसार सरकार हटाउने पक्षमा छ । यसका लागि इजरायल समय समयमा सिरियाली सरकारको सैन्य अखडामा बमबारी गरेर विद्रोहीहरूलाई सघाइरहेको छ ।
यो पछिल्लो आक्रमणलाई पनि त्यसैको निरन्तरताको रूपमा हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप