बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नग्मा श्रेष्ठ योण्डर म्युजिक नेपालको नयाँ अनुहार

सोमबार, २९ माघ २०७४, १२ : ५५
सोमबार, २९ माघ २०७४

काठमाडौं – मिस युनिभर्समा पेजेन्टमा प्रतिष्पर्धा गर्ने नेपालकी पहिलो मिस नेपाल नग्मा श्रेष्ठ नेपालको नम्बर एक म्युजिक स्ट्रिमिंग एप्लिेकशन योण्डर म्युजिकको ब्राण्ड प्रवद्र्धकको रुपमा चुनिएकी छिन् ।

यस सहकार्य पश्चात योण्डर म्युजिकले उनको व्यक्तित्व र पे्ररणादायी जीवनलार्इ विश्वव्यापी संगीतप्रतिको मायासँग मेल खाने गरी एनसेल नेटवर्कमा स्मार्ट फोनबाट सुन्न सकिने गीत संगीत प्रवद्र्धन गर्न राष्ट्रिय प्रवद्र्धनात्मक कार्यक्रमहरुमा समावेश गराइने कम्पनीले जनाएको छ । 


“नग्मा एक प्रतिभावान नेपाली नारी हुन् । उनी आफ्नो धरातलमा रहीसम्पूर्ण नेपाली महिलाको असाधारण सुन्दरता रबौद्घिकतालाई विश्व मञ्जम ाप्रतिनिधित्वगर्न पाउँदागर्विलो महसुस गर्छिन् । सबैभन्दा महत्वपूर्ण त उनले आफू नेपालीयुवाहरुको प्रतिनिधिको रुपमा के गर्न सकिन्छ भने जिम्मेवारी बुझेकी छिन्,” योण्डर म्युजिकएशियाकाअध्यक्ष एडियन ब्रुटनले भने । 

उनको अनुसार योण्डर म्युजिक नेपालको लागि नग्मा एकदमै उत्कृष्ट रोजाइ हुन् । 
ब्राण्ड प्रवद्र्धकको रुपमा चुनानिएपनि नग्माले भनिन्, ‘संगीत सर्जकलाई पनि आफ्नो कामको उपयुक्त रोयल्टी प्रदान गरी संगीतलाई सर्वसुलभ बनाउने (प्रजातान्त्रिकरण गर्ने) योण्डर म्युजिकको लक्ष्यले नेपालको संगीत क्षेत्रलाई पनि परिवर्तन गर्न सक्छ । र यस्तो अभियानमासहकार्य गर्न पाउँदा म एकदमै हर्षित छु ’ 

अमेरिकामा अवस्थित योण्डर म्युजिक इंकको भातृ कम्पनी योण्डर म्युजिक बंगलादेशको अग्रणी डिजिटल म्युजिक सेवाप्रदायक हो । 

को हुन नग्मा ?
नेपाली टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा धेरै वर्ष काम गरेकी नग्माको सधैं नै संगीत, फिटनेस र फेशनप्रति लगाव छ । काठमाडौंमै जन्मे हुर्केकी नग्माले सन् २०१२ मा नेपाललाई फिलिपिन्समा आयोजितमिस अर्थ पेजेन्टमा प्रतिनिधित्व गरेकी थिइन्  । जसमा उनी शिर्ष आठमा पर्न सफल भएकी थिइन् । 
यो सफलतापछि उनी अन्तर्राष्ट्रिय पेजेन्टको फाइनल सम्म पुग्ने नेपालकै पहिलो सुन्दरी बनायो । यसका साथै उनी चाइनामा आयोजित वल्र्ड मिस युनिभर्सिटी पेजेन्ट २०१६ मापनि थर्ड रनर अप भएकी थिइन् ।
 यसैगरी, नग्मा इजिप्टमा आयोजित मिस इको युनिभर्र्स २०१६ पेजेन्टको बेस्ट टुरिजम् भिडियो अवार्डकी पनि विजेता हुन् । र,उनले गएको वर्ष अमेरिकामा आयोजित मिस युनिभर्स पेजेन्ट २०१७ मा नेपालको प्रतिनिधित्व गरिन् । 
श्रेष्ठ फिटनेस, फेशन, डान्स र यात्रामा पनि उत्तिकै रुची राख्छिन् । श्रेष्ठले बालबालिका तथा महिला स्वास्थ र वातावरण सम्बन्धी काम गर्ने विभिन्न सामाजिक संस्थाहरुको पनि सदभावना राजदूतको रुपमा पनि कार्य गरिसकेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप